२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरलाई हरित नगर बनाउने अभियान

२०७५, ६ भाद्र बुधबार ०६:४७

भदौ ६, दाङ | तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्नका लागि सञ्चालन गरिएको ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ अभियानअन्तर्गत मंगलबार यहाँका सडक किनारमा विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको छ । अभियानको १०५औं शृङ्खलाका क्रममा तुलसीपुर उद्योग वाणिज्य चोकदेखि जेसिज चोकसम्म विभिन्न प्रजातिका बिरुवा लगाइएको हो । उपमहानगरपालिकाले अहिलेसम्म बजारक्षेत्रमा रहेका मन्दिर, क्याम्पस, कार्यालय परिसरमा गरी विभिन्न प्रजातिका चार हजार बढी बिरुवा रोपिसकेको जनाएको छ । 

अभियानको शुरुवात गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य र सुन्दरताको लागि सबैले बोटबिरुवा लगाउनुपर्ने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय सरसफाइ अभियानका साथमा बिरुवासमेत लगाउँदै आएको छ । यो अभियानअन्र्तगत नगरका सम्पूर्ण सडकमा बिरुवा लगाइने छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ