२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कोत भवनको पुनःनिर्माण अन्यौलमा

२०७५, ६ भाद्र बुधबार ०६:५१

भदौ ६, ललितपुर | पाटन दरबार क्षेत्रमा रहेको कोत भवनको पुनःनिर्माण अघि बढ्न सकेको छैन । 

भूकम्प गएको तीन वर्ष बित्दासमेत भवनको पुनःनिर्माण अघि नबढेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । पहिले भारतीय दूतावासले यसको पुनःनिर्माणमा चासो देखाएको थियो । भारतीय दूतावासले विभिन्न स्मारकसँगै कोतपाटी निर्माणको नेपाल सरकारसँग सम्झौता गरेको थियो । उहाँले भन्नुभयो, “दूतावासले अहिलेसम्म निर्माणको काम थालेको छैन ।” दूतावासले गर्ने भनेकाले अरु निकायले पनि कोतपाटीको पुनःनिर्माणमा चासो देखाएका छैनन् । 

भूकम्प गएको तीन वर्ष भन्दा बढी समय बित्दासमेत कोतपाटी पुनःनिर्माणको काम अघि नबढ्दा स्थानीय आक्रोषित बन्न थालेको प्रमुख प्याकुरेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने जागरुकता स्थानीय बासिन्दामा आएपछि महानगरपालिकालाई पुनःनिर्माणको जिम्मा लिन आग्रह गरेका छन् ।” ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर उद्योग वाणिज्य सङ्घलाई पुनःनिर्माणका लागि सहकार्य गर्न छलफल थाल्नु भएको छ । 

पाटन दरबार क्षेत्रमा आउने पर्यटकसँग शुल्क लिँदै आए पनि ललितपुर महानगरपालिकाले यहाँको कुनै पनि स्मारकको पुनःनिर्माणमा भने चासो देखाएको छैन । पाटन दरबार क्षेत्रमा रहेका धेरै स्मारकको पुनःनिर्माण अघि बढे पनि केही स्मारक कसले बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते