२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बकरइदमा सामूहिक नमाज पाठ

६ भाद्र २०७५, बुधबार ०८:०५

भदौ ६, नेपालगञ्ज | इद-उल-अजहा (बकरइद) को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीहरुले आज बिहान नेपालगञ्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गरेका छन् । 

बकरइद पर्व इस्लाम धर्मावलम्बीहरुको इदपछिको दोस्रो ठूलो पर्व हो । इदगाहमा नयाँ पहिरनमा उपस्थित इस्लाम धर्मावलम्बीहरुले बकरइद पर्वलाई आपसी भाइचारा, धार्मिक सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले मनाएका छन् । 

नमाज पाठपछि त्यहाँ उपस्थित सबैले आपसमा अङ्कमाल गरी बकरइदको शुभकामना आदानप्रदान गरेका थिए । शुभकामना दिन इदगाहमा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा, विभिन्न राजनीतिक दलका स्थानीय नेतागण, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो । 


सामूहिक नमाजका लागि इदगाह पुग्नुभएका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै विविध जाती, धर्म, सम्प्रदायको बसोवस रहेको नेपालमा सबै पर्व मिलेर मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बकरइद पर्वले मुलुकमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम होस् भनेर खुदा (ईश्वर)सँग प्रार्थाना गरेको बताउनुभयो । बकरइद पर्व तीन दिनसम्म नयाँ पहिरन लगाउने, मासु र सेवइको विशेष परिकार खाने, खुवाउने गरी धुमधामसँग मनाउने गरिन्छ । बकरइदमा प्रदेश नं ५ सरकारले यस अन्र्तगतका १२ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो