२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बकरइदमा सामूहिक नमाज पाठ

२०७५, ६ भाद्र बुधबार ०८:०५

भदौ ६, नेपालगञ्ज | इद-उल-अजहा (बकरइद) को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीहरुले आज बिहान नेपालगञ्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गरेका छन् । 

बकरइद पर्व इस्लाम धर्मावलम्बीहरुको इदपछिको दोस्रो ठूलो पर्व हो । इदगाहमा नयाँ पहिरनमा उपस्थित इस्लाम धर्मावलम्बीहरुले बकरइद पर्वलाई आपसी भाइचारा, धार्मिक सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले मनाएका छन् । 

नमाज पाठपछि त्यहाँ उपस्थित सबैले आपसमा अङ्कमाल गरी बकरइदको शुभकामना आदानप्रदान गरेका थिए । शुभकामना दिन इदगाहमा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा, विभिन्न राजनीतिक दलका स्थानीय नेतागण, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो । 


सामूहिक नमाजका लागि इदगाह पुग्नुभएका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै विविध जाती, धर्म, सम्प्रदायको बसोवस रहेको नेपालमा सबै पर्व मिलेर मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बकरइद पर्वले मुलुकमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम होस् भनेर खुदा (ईश्वर)सँग प्रार्थाना गरेको बताउनुभयो । बकरइद पर्व तीन दिनसम्म नयाँ पहिरन लगाउने, मासु र सेवइको विशेष परिकार खाने, खुवाउने गरी धुमधामसँग मनाउने गरिन्छ । बकरइदमा प्रदेश नं ५ सरकारले यस अन्र्तगतका १२ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते