२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको निर्माणाधीन महिला बन्दीगृह अलपत्र

२०७५, ७ भाद्र बिहीबार ०७:२३

भदौ ७, पर्वत | जिल्लाको सदरमुकाम कुश्माबजारमा निर्माणाधीन धौलागिरिकै पहिलो महिला बन्दीगृह आर्थिक अभावमा अलपत्र बनेको छ । 

निर्माण शुरु भएको झण्डै १० वर्ष पुगिसक्दा पनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको हो । कूल २५ जना क्षमताको उक्त बन्दीगृहका लागि रु ७२ लाख छुट्टयाइएकोमध्ये तत्कालीन समयमा रु १४ लाखमात्र निकासा भएको थियो । पटकपटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि पर्वत कारागारमा निर्माणाधीन अवस्थाको बन्दीगृह निर्माण प्रभावित बनेको हो । कारागार कार्यालयका प्रमुख मोहनप्रसाद उपाध्यायले भन्नुभयो, “अलपत्र अवस्थाको बन्दीगृह सम्पन्न गर्न वर्षेनी बजेट माग गरेको भए पनि कुनै सुनुवाइ भएको छैन, आर्थिक अभावले पूर्णता दिन सकिएको छैन ।” 

निकासा भएको रु १४ लाखले पर्खाल निर्माणको आधा काम सकियो । अहिले निर्माणाधीन सो बन्दीगृहमा झारपात हुर्किएको छ । पर्खालसमेत जीर्ण बनेको छ । विसं २०६६ माघबाट निर्माण शुरु गरिएको बन्दीगृहको १० प्रतिशत पनि काम सकिएको छैन । एक वर्षभित्रै निर्माण सक्ने लक्ष्यसाथ निर्माण थालिए पनि समयमै बजेट निकासा नहुँदा अलपत्र बनेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । महिलाका लागि छुट्टै बन्दीगृह निर्माण गरिएको धौलागिरि क्षेत्रकै यो पहिलो हो । उक्त गृहमा बागलुङ, म्याग्दी र मुस्ताङका महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण गरिएको थियो । 

पच्चीस कैदीबन्दी क्षमताको पर्वत कारागारमा अहिले पाँच महिलासहित ७८ कैदीबन्दी छन् जसमध्ये ७२ लाई कैद समय तोकिएको छ । छ थुनुवा छन् । महिला बन्दीगृह निर्माणपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ । क्षमताभन्दा तेब्बरको सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयले जनाएको छ । 

सङ्ख्या अत्यधिक भएकैले दुई वर्षअघि कारागारमा कैदीबन्दीबीच झगडा भएको थियो । साँघुरो भवनमा ठूलो सङ्ख्या व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । तीनै तहका सरकार बनिसकेपछि अलपत्र बन्दीगृह निर्माणका लागि कसैले चासो नदिएको कार्यालयको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो