२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाको निर्णयमाथि प्रजिअले हस्तक्षेप गरेपछि…

८ भाद्र २०७५, शुक्रबार ०३:५४

भदौ ८, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाको निर्णयलाई उल्टाउँदै खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले नगरपालिकाको निर्णयमाथि ठाडो हस्तक्षेप गरेको पाईएको छ । हलेसी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी चयनमा प्रजिअ पौडेलले नगरपालिकाको सर्वसम्मत निर्णयलाई समेत वदर गर्दै आफ्ना अनुकुलका मानिसलाई पदाधिकारी चयन गर्न उपयुक्त हुने रायसहित साउन १६ गते गुठी संस्थानमा हस्तक्षेपपूर्ण सिफारिस गरेको जनाईएको छ । 

हलेसी तुवाचुङ नगरपालिकाका सवै वडाका वडाध्यक्षसहित नगरमागत जेठ २२ गते बसेको बैठकबाट हर्कराज राईको अध्यक्षतामा मन्दिर व्यवस्थापन समितिको सर्वसहमत सिफारिस गर्ने निर्णय भएको  थियो । जसअनुसार अध्यक्षमा हर्कराज राई, उपाध्यक्षमा भूपेन्द्र कुमार राई, सचिव कमल गिरि, सहसचिव थाम बहादुर राई, कोषाध्यक्ष दिलीपराज गिरी, सदस्यहरुमा रमिता बस्नेत सौरभ गिरी, यज्ञराज राई र राकेश परियारको नामावली पठाएको थियो । प्रमुख सल्लाहकारमा गजुरमान राई र सल्लाहाकार सदस्यहरुमा लंकशेर राई, कुलपिद गुरुङ र रेवती केसी रहेको जानकारी पत्रसहित नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र उक्त कार्यालयमार्फत जिल्ला मालपोत कार्यालय खोटाङ र गुठी संस्थान प्रधान कार्यालय काठमाण्डौंमा बोधार्थ पत्र पठाएको थियो । 

यता जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पौडेलले उक्त निर्णयको सट्टा हर्कराज राई अध्यक्ष बाहेक अन्य सबै नामावली बदलेर गुठी संस्थान प्रधान कार्यालयमा छुट्टै सिफारिस पठाएको पाईएको छ । उनले अध्यक्षमा हर्कराज राई, उपाध्यक्षमा लंकशेर राई, सचिव खिलाल राई, कोषाध्यक्षमा रमिला वस्नेत, सदस्यहरुमा भूपेन्द्रकुमार राई, मंगल परियार, यज्ञराज राई, थामबहादुर राई, प्रकाशचन्द्र गिरी, प्रतिनिधि सदस्यहरुमा मालपोत कार्यालय, वडा अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, हलेसी तुवाचुङ नगरपालिका, किराँत राई यायोख्खा र मारतिका ताक्तेन छोलिङ गुम्वालाई प्रतिनिधि सदस्यमा चयन गरेर पठाएका छन् ।

‘निर्वाचित संस्थाहरुलाई कमजोर बनाउनका लागि राजनीतिक आर्थिक चलखेलमा लिप्त भएर प्रजिअ लागेको पाईएको छ । यस्तो हस्तक्षेपपूर्ण कार्य नगर्न र स्थानीय तहलाई कमजोर बनाउने उक्त निर्णय तत्काल सच्याउँनका लागि पहल गर्दछु ।’ हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले भने “प्रजिअ भएर रक्षक नै भक्षक जस्तो हुँदै आफ्नो क्षेत्राधिकारभित्र नवसी कुनैपनि संस्थालाई कमजोर बनाउन खोज्नु कतिको जायज हो ? राइले भने, म उहाँलाई प्रश्न गर्न चाहान्छु ।

त्यसोत, हलेसी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी चयन गरेर पठाएको निर्णयलाई बदर गर्दै पौडेलले हलेसीको आधिकारिक बैठकको निर्णयलाई अनुर्पयूक्त भएको संकेत गरेर आफ्नो सिफारिस उपयूक्त भएको पत्रमा जनाएका छन्  

प्रजिअको उक्त काम कारवाहीप्रति नगरपालिकाले तीव्र रोष प्रकट गर्दै स्थानीय सरकारको मर्ममाथि प्रजिअ पौडेलको ठाडो हस्तक्षेपले उनि आफैं विवादमा तानिएको समेत जनाएको छ  । यसोत, यस अगाडि पनि विभिन्न घटना र सन्दर्भहरुमा प्रजिअ पौडेलले आफ्नो जिम्मेवारी र कतव्र्यलाई निष्पक्षताका साथ सम्पादन गर्न नसकिरहेको भन्दै जिल्लास्थित प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले आरोप लगाउँदै आईरहेको थियो । उक्त आरोपलाई पछिल्लो पटक प्रजिअ पौडेलले गरेको यो एकपक्षीय सिफारिसबाट उनको रवैया आफै पुष्टी हुन गएको हलेसी तुवाचुङ नगरपालिकाका एक स्थानीयले बताए । 

उता, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसँग यस विषयमा कुरा गर्न खोज्दा आफू विदामा भएकोले कुनै पनि कुरा नगर्ने बताए । यस विषयमा जानकारी लिन खोज्दा प्रजिअले आफू घर विदामा रहेको र पत्रकारसंग बोल्नुपर्छ भन्ने बाध्य नभएको भन्दै पन्छिएर फोन कटाए । 

विगतका दिनमा धेरै प्रजिअ जिल्लामा आएको र उनिहरुबाट जिल्लाबासीलाई नीति नियमानुसार सुशासन, पारदर्शितता, जवाफदेहिता तथा सम्पूर्ण कामहरुको निष्पक्ष काम कारवाही भएको पाईए पनि हालका प्रजिअ पौडेल आएपछि भने सुशासनमा समस्या भएको जिल्लाबासीले गुनासो गरेका छन् । प्रजिअ पौडेलले कतिपय सेवाग्राहीलाई धम्कीपूर्ण भाषा पनि प्रयोग गर्ने गरेको एक स्रोतले बताएको छ । प्रजिअ पौडेल कहाँ काम लिएर गए कागजातमा अनावश्यक खोट देखाउँदै अल्मल्याउने गरेकोे पाइएको छ । सेवाग्राहीले भाषा हेर्ने शिक्षक कि प्रजिअ हुन भन्दै विभिन्न समयमा गुनासो समेत पोख्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा