Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

रिब्दीकोटको सबै वडामा सूचना अधिकारी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ ८, पाल्पा |</b> रिब्दीकोट गाउँपालिकाको सबै वडामा सूचना अधिकारी तोकिएको छ ।&nbsp;<br></p><p>वडा नं १ मा नाप्रास वीरेन्द्र थापा, २ मा वडासहायक हुमबहादुर बरौले, ३ मा वडासहायक गणेश आचार्य, ४ मा सामाजिक परिचालक बिनु गौतम, ५ मा वडासहायक कमलप्रसाद ज्ञवाली, ६ मा नाप्रास सङ्गीता जिसी, ७ मा विष्णु थापा र ८ मा नाप्रास मीना खड्कालाई वडाका सूचना अधिकारी तोकिएको प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।&nbsp;</p><p>कम्प्युटर अपरेटर यक्षमूर्ति न्यौपानेलाई गाउँपालिका कार्यालयको सूचना अधिकारी तोकिएको छ ।गाउँपालिका तथा वडाका काम कारबाही तथा गतिविधिबारे जानकारी दिनका लागि कर्मचारीलाई सूचना अधिकारी तोकिएको प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो । रासस</p>