२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कर वृद्धिबारे बुझाउन आवश्यक

८ भाद्र २०७५, शुक्रबार ०९:१२

भदौ ८, नेपालगञ्ज | बाँकेका स्थानीय तहले केही व्यवसायमा व्यवस्था गरेको करको दरबारे यहाँ टिप्पणी गरिँदै आएको छ । 

नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष नारायणी रुपाखेती कर बढाउनुका कारण, कर तिरेपछि नागरिकलाई हुने फाइदा तथा करबाट गाउँठाउँको विकास हुने कुरालाई बुझाउन नसक्दा यसप्रति नकारात्मक धारणा उत्पन्न भएको बताउनुहुन्छ । “कर वृद्धि गर्नु नराम्रो होइन । तर कति वृद्धि गर्ने, कुनकुन शीर्षकमा वृद्धि गर्नेलगायत कुराको अध्ययन गर्नुपर्छ,” उहाँले भन्नुभयो । स्थानीय तहले आफूले गर्न लागेको कामको जानकारी पहिले नै नागरिकलाई गराउनुपर्ने उहाँको भनाइ छ । 

स्थानीय निकायले व्यवसाय, घर बहाल, मनोरञ्जन, घरजग्गा, सवारीसाधन, विज्ञापन लगायतमा कर वृद्धि गरेको छ । “नागरिकले कर अनिवार्य तिर्नुपर्छ, कर बढाउनेबारे नागरिकलाई बुझाउनु पर्छ”, नेपालगञ्जका व्यापारी रामलखन गुप्ताले भन्नुभयो । विकास निर्माणका काममा करबाट सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । स्थानीय तहले करबारे आश्वस्त गर्न नसक्दा त्यसप्रति नकारात्मक धारणा बढेको हो । 

स्थानीय तहले बढाउँदै नबढाएको करबारे हल्ला गर्नेको सङ्ख्या पनि उत्तिक्कै छ । नेपालगञ्ज उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख भूपति खत्री मदिरा तथा सुर्तीजन्य वस्तुमा कर बढाएको बताउनुहुन्छ । प्रदूषण गर्ने इँट्टाभट्ट तथा तारे होटललाईसमेत कर बढाएको उहाँले बताउनुभयो । विगतमा वार्षिक रु १५ हजार कर लिँदै आएको इँट्टाभट्टामा रु २० हजार, चुरोटको डिलरलाई रु १० हजारबाट रु १२ हजार, पान पसललाई रु एक हजारबाट रु दुई हजार ५०० तथा मदिरा बेच्ने पसललाई रु एक हजार ५०० बाट रु दुई हजार ५०० कर बढाइएको छ । 

यसैगरी, तारे होटलमा विगतको भन्दा १० प्रतिशत कर वृद्धि गरिएको छ । विदेश पढ्न जाने विद्यार्थीसँग लिने कर रु १५ हजारबाट रु पाँच हजार घटाइएको छ । जिल्लाका ८ स्थानीय तहले बिलासिताका वस्तुमा कर बढाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ, “बढाउँदै नबढाएको करबारे विस्तारै नागरिकले थाहा पाउनेछन् ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो