2026-09-15 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको फलेवास नगरपालिकामा पहिलोपटक टेलिफोन सेवा

लक्ष्मीप्रसाद सापकोटा | भदौ ९, पर्वत (रासस) | जिल्लाको दोस्रो नगरपालिका फलेवासमा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ । 

सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा परेको फलेवासमा नेपाल टेलिकम पर्वत शाखाले पहिलो पटक ल्याण्डलाइन टेलिफोन र इन्टरनेट विस्तार गर्न थालेको हो । अहिलेसम्म सिङ्गो नगरपालिकाका बासिन्दा मोवाइल फोनको भर पर्दै आएका थिए । 

टेलिफोन सेवा नहुँदा एडिएसएल र विभिन्न निजी कम्पनीको इन्टरनेट सेवा प्रयोग हुँदै आएको थियो । स्थानीय व्यवसायीले केही वर्षअघिदेखि ल्याण्डलाइन फोन माग गर्दै आएकामा बल्ल उक्त शाखाले सेवा विस्तारका लागि सबैजसो तयारी पूरा गरिसकेको जनाएको छ । 

अहिले टावर निर्माण तथा तार बिच्छ्याउने काम भइरहेको र असोजभित्रै सेवा शुरु गर्ने शाखाका निमित्त कार्यालय प्रमुख केशवप्रसाद भुसालले जानकारी दिनुभयो । 

यसअघि नेपाल टेलिकमले कुश्मा, पातीचौर, हुवास र जलजलाका बजार क्षेत्रमा ल्याण्डलाइन सेवा विस्तार गरेकामा महाशिला र विहादी गाउँपालिकामा पनि सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ । पछिल्लो समय एउटै व्यक्तिको हातमा दुईसम्म मोबाइल भए पनि ल्याण्डलाइन नै बढी प्रभावकारी हुने भएकाले स्थानीयबासी, सङ्घसंस्था र नगरपालिकाको समेत मागका आधारमा टेलिफोन विस्तार गर्न थालिएको हो । 

जाँडरक्सी, जुवातास, गाँजा मुक्त वडा बनाइँदै 

यहाँको एक विकट वडालाई जाँडरक्सी, जुवातास र गाँजा मुक्त बनाइने भएको छ । सभ्य समाज निर्माण गर्ने उद्देश्यले महाशिला गाउँपालिका– ३ बालाकोटलाई मदिरा र जुवातासमुक्त वडा बनाउन लागिएको हो । आगामी असोज १ गते गाँजा, जाँडरक्सी र जुवातासमुक्त घोषणा गर्ने गरी तयारी भइरहेको वडाध्यक्ष रोशन गुरुङले जानकारी दिनुभयो । 

‘गाँजा, रक्सी, जुवातास, गर्छ यसले सर्वनास’ भन्ने मूल नाराका साथ गाउँमा यस्ता पदार्थ बिक्री वितरण तथा उत्पादन र सेवनमा रोक लगाउने तयारी भएको हो । अहिले गाउँका सबै टोलमा जनचेतना जगाउने काम भइरहेको छ । प्रत्येक घरधुरीमा पुगेर अवैधरूपमा मदिरा उत्पादन, सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको छ । पहिलो चरणमा सबै नागरिकसम्म जनचेतना फैलाउने र नियन्त्रण भएपछि सो घोषणा गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

सामाजिक विकृति तथा हिंसाका घटना अन्त्य गर्नका लागि स्थानीय प्रहरी चौकी र वडा कार्यालयको संयोजनमा पूर्णरूपमा मादक पदार्थ तथा जुवा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

पुरै बालाकोटबासी सक्रिय भएको यो अभियानमा महाशिला गाउँपालिकाले सहयोग गर्ने भएको छ । समाजमा जनचेतनामूलक कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने गाउँपालिकाकाअध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार “गाउँपालिकाअन्तर्गतका छ वटै वडामा यो अभियान चलाइने भएको छ । 

गुरुङ, मगरलगायतको जनजातिको बाहुल्यता रहेको यो वडामा घरेलु मदिरा उत्पादन तथा सेवनबाट घरेलु हिंसा र अपराधिक क्रियाकलाप बढ्न थालेपछि यस्तो अभियान थालिएको स्थानीयको भनाइ छ । वडाध्यक्षको संयोजकत्वमा अहिले घरदैलो अभियान थालिएको छ । अभियानमा स्थानीयबासीले पनि सहभागिता जनाएको र सबै वडाबासी सकारात्मक देखिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ