२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

व्यक्तिको नाममा रहेको जग्गा मन्दिरको ठहर

९ भाद्र २०७५, शनिबार ०७:४९

भदौ ९, पोखरा | व्यक्तिको नाम देखिएका पोखरा लेखनाथ महानगरपालिका–३ स्थित नारायणस्थान मन्दिरको ५० रोपनी जग्गालाई गुठी संस्थान काठमाडौँले सोही मन्दिरको जग्गा भएको ठहर गरेको छ । 

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नौवटा कित्तामा रहेको सो जग्गा गत साउन ३० गते नारायणस्थान गुठीको नाममा कायम गरिएको सो अवसरमा जानकारी गराइयो । 

सो समितिका अध्यक्ष महेश पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानकै जग्गा ठहर गरी कानूनबमोजिम गुठीको स्वामित्व नभएसम्म हक हस्तान्तरण हुननसक्ने व्यवस्थातर्फ आवश्यक सचेतना अपनाई सो गुठीको जग्गा संरक्षण गर्नका लागि २०७३ साल माघ १० गते गुठी संस्थानमा पत्र पठाएपछि सो जग्गा नारायणस्थान गुठीमा प्राप्त भएको बताउनुभयो । 

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले उक्त जग्गा पोखरा लेखनाथ नगरपािलका–१४ मा ६ वटा कित्ता, वडा नं १६ मा दुई र १३ मा एउटा कित्ता रहेको जानकारी गराइयो । 

विसं १९४२ मा ब्रह्मचारी गणेश गिरीले सो मन्दिरमा स्थापना गरिएका लक्ष्मीनारायणको पूजापाठ, अतिथि सेवा, कृष्णजात्रा र पूजारीको खान्की समेतका ५० रोपनी जग्गा दानपत्र गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ