२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सैनामैनामा ऐतिहासिक मूर्ति भेटिए

२०७५, ९ भाद्र शनिबार ११:०७

भदौं ९, बुटवल | पर्यटकीय गन्तव्यको रुपमा रहेको सैनामैनामा विभिन्न ऐतिहासिक तथा पुरातात्विक मूर्ति भेटिएको छ । 

बज्रयानी शाखाका योगी मानिएको उहाँको सबैभन्दा ठूलो मूर्ति बुटवल र सैनामैनाको सीमामा रहेको बौराहा खोलामा फेला परेको समाजसेवी अध्ययनकर्ता रामप्रसाद भट्टराइले जानकारी दिनुभयो । 

यी मूर्ति बुद्धकालीन हुन वा होइनन् भन्ने कुरा पुष्टि भइसकेको छैन । 

उहाँले त्यस बाहेक पाँचवटा साना मूर्ति स्थानीयवासीले भेटाएर सैनामैना नगरपालिका– १ स्थित सङ्ग्रहालयमा राखेको र कतिपय व्यक्तिले घरमा नै लगेर पूजा गरेर राखेको बताउनुभयो । भेटिएका सबै मूर्ति योग मुद्रामा रहेको बताइएको छ । 

उनलाई हिन्दू धर्मबलम्वीले मच्छ्रेनाथको रुपमासमेत मान्ने गरेको जिकिर गर्दै भट्टराइले बुटबलस्थित चारपाला सामुदायिक वनको जोगीटारमा धातुको सानो बुद्धको मूर्ति फेला परेको उल्लेख गर्नुभयो । 

प्राचीन शाक्यको कपिलवस्तु राज्यको भौगोलिक क्षेत्रभित्र पर्ने विभिन्न उत्पादनशील गाउँमध्ये सामगाम नामलाई नै कालान्तरमा सैनामैना भनिएको र मायादेवीले यहाँकी मैना नाम गरेकी रानीसँग सैना ९मितेनी० लगाएकोले सैनामैना भन्न थालिएको संस्कृतिविद डा गितु गिरीले लेख्नुभएको वृहद लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा पुस्तकमा उल्लेख छ । 

सैनामैना नगरपालिकामा कालीदह, पर्रोहा परमेश्वर मन्दिर, काललोचन मन्दिर, मलमला मन्दिरलगायतका विभिन्न धार्मिक तथा ऐतिहासिक, सांस्कृतिक पर्यटनको सम्भावना रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते