२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सरसफाईमा मुख्यमन्त्री अग्रसर

२०७५, ९ भाद्र शनिबार १४:५४

भदौ ९, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिए । टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना अंगरक्षक सहित हातमा वेल्चा वोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगे । नेपाल मानव धर्म सेवासमिति सुर्खेतको टोली घण्टाघरमा मुख्यमन्त्री शाहीलाई स्वागतका  लागि तयारी अवस्थामा थियो । मुख्यमन्त्री शाहीलाई मानव धर्म सेवा समितिको टोलीले स्वागत गर्दै गर्दा प्रदेश सरकारकी प्रवक्ता तथा भुमि व्यवस्था एवं कृषि सहकारी मन्त्री विमला केसी र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी पनि सोही ठाउ आईपुगे ।

मानव धर्म सेवा समितिद्धारा राखिएको नगर सरसफाई कार्यक्रमका वारेमा छोटो मन्तव्य राखिसकेपछि मुख्यमन्त्री शाही आफै सडक छेउछाउमा रहेको फोहोरको थुप्रोमा वेल्चा चलाउन शुरु गरे । मुख्यमन्त्रीलाई साथ दिदै प्रवक्ता विमला केसी र नगरप्रमुख देवकुमार सुवेदी पनि फोहोरको थुप्रो सफा गर्न थाले । बजार सरसफाईपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य भएको बताए । उनले सरसफाइबाट स्वस्थ्य, स्वच्छ, सुन्दर र सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘जहाँ सरसफाइ छ, त्यहाँ मानव आकर्षण बढ्छ, जसको फाइदा सम्बन्धित क्षेत्र, स्थान र समाजले नै लिन्छ’, भन्दैशाहीले  सुन्दर, शान्त र आदर्श समाज निर्माणमा साथ दिन सबैलाई आग्रह गरे । ‘सपार्ने र बिगार्ने दुवै काम हामीमा निहित छ, त्यसैले आउनोस् सुन्दर वीरेन्द्रनगरसहित समृद्ध कर्णाली प्रदेश निर्माणका लागि सबै जुटौँ, रुख रोपौँ, फूल रोपौँ र चेतनामा परिवर्तन गरौँ’, उनले भने, ‘सुन्दर र समृद्ध कर्णाली प्रदेशको निर्माणका लागि आफ्नो सरकारले महिनामा दुई दिन श्रम दिवसका रुपमा मनाउने नीतिगत निर्णय गरेको छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल