२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

वडाध्यक्ष र प्राबिधिकको बिबादका कारण बाम्राङका भूकम्प पिडीत मारमा

२०७५, ९ भाद्र शनिबार १५:००

चिसाङ शेर्पा | भदौ ९, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडाध्यक्ष र प्राबिधिकको बिबाद्का कारण भूकम्प पिडीतहरु मारमा परेका छन् । नगरपालिकाको वडा नं. ३ बाम्राङ हेर्ने पुर्ननिर्माण प्राधिकरणरका सब ईन्जिनियर खगेन्द्र लिम्बुलाई सोहि वडाका वडाध्यक्ष ललितकुमार राईले पुर्ननिर्माण भबन सम्बन्धि धम्कि दिएको भन्दै बिगत दुई महिनादेखि सो वडामा प्राबिधिक नगएका कारण भूकम्प पिडीतहरु मारमा परेका हुन् ।

गत असार ७ गते सब ईन्जिनियर लिम्बु र अध्यक्ष राई बिच सोहि वडामा बिबाद् हुंदा ईन्जिनियर लिम्बुलाई अपशब्द र ज्यान मार्ने धम्की दिएको भन्दै प्रधिकरणका कर्मचारीहरु सो वडामा जाने वातावरण नभएकोे लिम्बुले दुखेसो पोख्नुभयो । ईन्जिनियर लिम्बुका अनुसार वडा अध्यक्षले आपूmलाई निच शब्द प्रयोग गर्र्दै ज्यान मार्ने धम्की समेत दिएका कारण फिल्ड जान नसकेको स्विकार गर्नुभयो ।

वडा अध्यक्ष राईले भने, ‘आफुले ईन्जिनियर लिम्बुलाई त्यस्तो धम्की नदिएको र अपशब्द नगरेको दाबी गर्नुभयो । आप्mना वडाका भूकम्प पिडीतहरुलाई झन्झटिलो प्रकृया नलाद्न, कसैलाई काखा र पाखा नगर्न भनेको बताउनुभयो । वडाअध्यक्ष र ईन्जिनियर दुईजनाको बिचको बिबाद्का कारण उक्त वडामा निर्माणधिन भुकम्प प्रतिरोधी ९० घरहरुको निर्माण कार्य रोकिएका छन् । 

सोहि वडाका मनकुमार हिङ्माङ्ले जेठ महिनामै घडेरी खनेर तयार गरेको, भिमबहादुर दर्जीले घडेरी तयारी गरि डिपिसी ढलान गर्न ठिक्क पारेता पनि प्रबिधिकहरुले काम रोक्नु भनेपछि निर्माण कार्य बन्द गर्नु परेको गुनासो पोख्नुभयो । यस्तै चेतन राई, किन्दर राई, सञ्चकुमार राई लगायतका भूकम्प पिडीतहरुको घर निर्माण अहिले रोकिएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले यस बिषयमा दुबै पक्षलाई राखेर छलफल गराई सहमतिमा ल्याई छिटो भन्दा छिटो समस्यको समाधान गर्ने र यदि दुई पक्ष बिच छिटो छलफल गराउन नसकेमा अर्का प्राबिधिक खटाईने बताउनुभयो ।


माथिको तश्वीरमा: किस्ता रोकिदा भूकम्प पिडितको बन्न नसकेको घर | तस्विर: चिसाङ शेर्पा / खोटाङ  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित