२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

वडाध्यक्ष र प्राबिधिकको बिबादका कारण बाम्राङका भूकम्प पिडीत मारमा

९ भाद्र २०७५, शनिबार १५:००

चिसाङ शेर्पा | भदौ ९, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडाध्यक्ष र प्राबिधिकको बिबाद्का कारण भूकम्प पिडीतहरु मारमा परेका छन् । नगरपालिकाको वडा नं. ३ बाम्राङ हेर्ने पुर्ननिर्माण प्राधिकरणरका सब ईन्जिनियर खगेन्द्र लिम्बुलाई सोहि वडाका वडाध्यक्ष ललितकुमार राईले पुर्ननिर्माण भबन सम्बन्धि धम्कि दिएको भन्दै बिगत दुई महिनादेखि सो वडामा प्राबिधिक नगएका कारण भूकम्प पिडीतहरु मारमा परेका हुन् ।

गत असार ७ गते सब ईन्जिनियर लिम्बु र अध्यक्ष राई बिच सोहि वडामा बिबाद् हुंदा ईन्जिनियर लिम्बुलाई अपशब्द र ज्यान मार्ने धम्की दिएको भन्दै प्रधिकरणका कर्मचारीहरु सो वडामा जाने वातावरण नभएकोे लिम्बुले दुखेसो पोख्नुभयो । ईन्जिनियर लिम्बुका अनुसार वडा अध्यक्षले आपूmलाई निच शब्द प्रयोग गर्र्दै ज्यान मार्ने धम्की समेत दिएका कारण फिल्ड जान नसकेको स्विकार गर्नुभयो ।

वडा अध्यक्ष राईले भने, ‘आफुले ईन्जिनियर लिम्बुलाई त्यस्तो धम्की नदिएको र अपशब्द नगरेको दाबी गर्नुभयो । आप्mना वडाका भूकम्प पिडीतहरुलाई झन्झटिलो प्रकृया नलाद्न, कसैलाई काखा र पाखा नगर्न भनेको बताउनुभयो । वडाअध्यक्ष र ईन्जिनियर दुईजनाको बिचको बिबाद्का कारण उक्त वडामा निर्माणधिन भुकम्प प्रतिरोधी ९० घरहरुको निर्माण कार्य रोकिएका छन् । 

सोहि वडाका मनकुमार हिङ्माङ्ले जेठ महिनामै घडेरी खनेर तयार गरेको, भिमबहादुर दर्जीले घडेरी तयारी गरि डिपिसी ढलान गर्न ठिक्क पारेता पनि प्रबिधिकहरुले काम रोक्नु भनेपछि निर्माण कार्य बन्द गर्नु परेको गुनासो पोख्नुभयो । यस्तै चेतन राई, किन्दर राई, सञ्चकुमार राई लगायतका भूकम्प पिडीतहरुको घर निर्माण अहिले रोकिएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले यस बिषयमा दुबै पक्षलाई राखेर छलफल गराई सहमतिमा ल्याई छिटो भन्दा छिटो समस्यको समाधान गर्ने र यदि दुई पक्ष बिच छिटो छलफल गराउन नसकेमा अर्का प्राबिधिक खटाईने बताउनुभयो ।


माथिको तश्वीरमा: किस्ता रोकिदा भूकम्प पिडितको बन्न नसकेको घर | तस्विर: चिसाङ शेर्पा / खोटाङ  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा