२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

११ भाद्र २०७५, सोमबार ०५:३८

भदौ ११, खोटाङ | जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ ।

सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो । 

विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेटसमेत जडान गरिएको छ । समाजसेवी राईले नौ थान कम्प्युटर र १६ थान सोलार सेट साकुमा फ्रेण्डसिप ट्रष्ट युकेमार्फत विद्यालयलाई उपलब्ध गराउनुभएको प्रधानाध्यापक तुलसीराम पोखरेलले जानकारी दिनुभयो । 

थप तीन थान कम्प्युटर ध्यानकुमार राई, उषा–दीपेन राई र मुकेश राईले एक÷एक थान उपलब्ध गराउनुभएको जनाइएको छ । विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि रु १२ लाख २५ हजार बराबरको अक्षयकोषसमेत स्थापना गरिएको छ । 

सुन्तलेमा जन्मिएर विभिन्न देशमा कार्यरत प्रवासीबाट रु १० लाख ८९ हजार र स्थानीयवासीबाट सङ्कलन भएको रु एक लाख ४३ हजार गरी अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि राईले बताउनुभयो । 

‘सुन्तले कम्प्युटर सञ्चालन अक्षयकोष’ नाम दिइएको अक्षयकोष स्थापनाका लागि कुवेतमा रहनुभएका सुन्तलेका केदार आलेमगरको नेतृत्वमा रकम सङ्कलन गरिएको जनाइएको छ । अक्षयकोषमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले रु १० हजार, गाउँपालिका प्रमुख शालिकराम बञ्जराले रु २० हजार ५००, उपप्रमुख गोमा मगरले रु पाँच हजार र नेपाल कम्युनिष्ट पार्टीका स्थानीय युवा नेता निश्चल खड्काले रु सात हजार रकम उपलब्ध गराउनुभएको अध्यक्ष राईले जानकारी दिनुभयो । 

भौगोलिकरुपमा विकट मानिने सुन्तलेमा पहिलो पटक कम्प्युटर कक्षा सञ्चालन भएपछि कम्प्युटर सिक्ने विद्यार्थी तथा स्थानीयको भीड लागेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै स्थानीयवासीले समेत थोरै शुल्क तिरेर आफ्नै ठाउँमा कम्प्युटर शिक्षा हासिल गर्न पाउने भएपछि सुन्तलेवासी हर्षित भएका छन् । 

तीन सय ७१ जना विद्यार्थी अध्ययनरत विद्यालयमा स्थापना गरिएको कम्प्युटर कक्षामा केही दिनमै कम्प्युटर सिक्न चाहने स्थानीयवासीलाई समेत अवसर दिइने सञ्चालक समितिले जनाएको छ । 

विद्यालयमा कम्प्युटर कक्षा स्थापना भएसँगै इमेल÷इन्टरनेट सेवासमेत विस्तार गर्ने तयारी गरिएको प्रअ पोखरेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा