2026-09-14 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला काण्डको एक महीना, म्याद थपेर बम दिदीबहिनीसँग अनुसन्धानको काम शुरु

शेरबहादुर सिंह | भदौ ११, भीमदत्तनगर (रासस) | आज बिहान कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरस्थित शहीद सनी खुनाको घर पुग्दा आफन्तबीच उहाँको परिवार शोकमा डुबेको थियो । 

यहाँको भाषीस्थित साहुको घरमा काम गरेको ज्याला रकम लिन हिँडेका १४ वर्षीय सनी शुक्रबार बेलुकी प्रहरीको गोली लागेर शहादत प्राप्त गरेयता उहाँका बुबा वीरबहादुरको आँखाबाट बगेको आँशुको भेल अझै रोकिएको छैन । 

विसं २०६६ अघिसम्म भीमदत्तनगरपालिका–१६ वसन्तपुरमा कमैया जीवन बिताएका वीरबहादुर हाल भीमदत्तनगरपालिका कार्यालयमा नगर सरसफाइका जागिरे हुन् । कमैया मुक्त भएपछि भगतपुरमा मिलेको साढे चार धुर जमीनमा ओत लाग्ने दुई कोठे झुपडी बनाएर परिवार पालिरहेका वीरबहादुर छोरा सनीको निधनले स्तब्ध मात्रै छैनन्, आफ्नो जीवनको सहारा गुमाउँदा अथाह पीडामा डूबेका छन् । 

सनीका आमा मञ्जु खुना पनि गहभरि आँशु लिएर सहानुभूतिका लागि आउने आफन्तजनसित कुराकानी गर्छिन् । “छोरा शहीद भए पनि नियतिले घरपरिवरको खुशी नै लुटेको छ”, उहाँले भन्नुभयो, “निर्दोष सनी छातीमा गोली थापेर शहीद बन्यो ।” 

पछिल्लो समय ज्याला मजदुरीमा लागेर परिवारको खर्च चलाउन सहयोगी बनेका सनीले अध्ययन भने गर्न सकेनन् । “आर्थिक अवस्था निकै कमजोर भएकाले सनीको ४ कक्षामै पढाइ रोके” आमा मञ्जुले भनिन, “केही गरेर परिवार चलाउँ भन्ने बेला सपना सबै उडेँ ।” उहाँले छोराले गोली खाएको ठाउँमा शहीद सनीको शालिक बनाएको देख्ने आफ्नो धोको रहेको सुनाउनुभयो । “छोरा ढलेको ठाउँमा उसको शालिक बनाइदिए हुन्थ्यो । मञ्जुले रासससित भनिन्, “छोराको शालिक हेरेर चित्त बुझाउनु हुन्थ्यो ।” 

मञ्जु पनि विगत दुई वर्षदेखि भीमदत्तनगरस्थित मन्टेश्वरी स्कूलमा खाना बनाउने काम गर्छिन् । “घटना भएको दिन दिउँसोसम्म सनी घरमै थियो”, उनी भनिन्, “ठूलोबुबाको छोरा उमेशसित काम गरेको पैसा लिन गएछ, फर्केर आएन”, मञ्जु शहीद सनीका कान्छी आमा हुन् । सनी अढाइ वर्षको छँदा उहाँकी आमा मायादेवी खुनाको निधन भएको थियो । सनीका भाइ एलुन खुना अहिले पाँच वर्षका छन् भने दुईवटै दिदीको विवाह भइसकेको छ । 

रक्षाबन्धनकै दिन भाईको शव देख्दा सनीका दुई दिदी त्यो दिन रोएर बिताएको मञ्जुको भनाइ छ । 

निर्मला काण्डको एक महीना 

बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएका कञ्चनपुर भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्या भएको आज एक महीना बितेको छ । 

प्रहरीले उक्त घटनामा संलग्न भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत साता सार्वजनिक गरे पनि स्थानीय र मृतकका आफन्तले भने त्यसलाई इन्कार गरे । 

आज राष्ट्रिय मानव अधिकार परिषद्को टोलीलाई निम्बुखेडास्थित घटनास्थल देखाइरहेको अवस्थामा भेटिएका निर्मलाका बुबा यज्ञराज पन्तले घटनाका दोषीलाई एक महीनासम्म कानूनी दायरामा ल्याउन नसक्नु प्रहरी प्रशासनको लाचारीपन भएको बताउनुभयो । 

“घटनाका पीडकलाई कानूनी दायरामा ल्याएमात्रै निर्मलाको आत्माले शान्ति पाउनेछ”, बुबा यज्ञराजले रासससित भन्नुभयो, “यहाँ अपराधी बचाउन धेरै षड्यन्त्र भइरहेका छन् ।” 

उहाँले निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरलाई केन्द्र मानेर अनुसन्धान गर्न माग गर्नुभयो । “निर्मला र रोशनी एउटै कक्षामा पढ्ने साथी हुन्”, उहाँले भन्नुभयो, “निर्मलालाई फकाएर बम दिदीबहिनीले षड्यन्त्र रचेँ ।” निर्मलाको खोजी कार्यका लागि पुग्दा प्रहरीबाट बेवास्ता भएको उहाँको भनाइ छ । 

“समयमै खोजी गरिदिन आग्रह गर्दा प्रहरीबाट बेवास्ता भयो”, उहाँले भन्नुभयो, “न्याय नपाएसम्म लडिरहनेछु ।” गत साउन १० गते साथी बमको घरबाट घर फर्किरहेकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । घटनापछि स्थानीय बासिन्दाले चरणबद्ध आन्दोलन थालेका थिए । 

सरकारले निर्मला काण्डबारे छानबिन गर्न उच्चस्तरीय टोली कञ्चनपुर पठाएको छ भने जिल्लामा स्थानीय प्रशासन र प्रहरीको नयाँ नेतृत्व पठाएर अनुसन्धान तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुँवेर कडायतले घटनाको शून्यबाट अनुसन्धान थालिएको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझालाई घटनाबारे अनुसन्धानका लागि अधिकृत तोकिएको छ । आन्दोलनका कारण अशान्त बनेको भीमदत्तनगर अझै सामान्य अवस्थामा फर्किन सकेको छैन । 

बम दिदीबहिनीको म्याद थप 

त्यसैगरी घटनाबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएका रोशनी बम र बबिता बमलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको छ । 

म्याथ थप गरिएसँगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको काम शुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ