२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्कमा संचालित पाणिनि बहुमुखी क्याम्पस आंगिक मान्यता प्राप्त

१२ भाद्र २०७५, मंगलवार ०६:५०

भाद्र–१२,अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा संचालित पाणिनि बहुमुखी क्याम्पस आंगिक मान्यता प्राप्त भएको छ । मध्य पश्चिम विश्व विद्यालयको काठमाडौंमा सम्पन्न आठौं साधारणसभा अर्थात सिनेट बैठकले अर्घाखाँचीको पाणिनि बहुमुखी क्यामपस सहित रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी, सिद्धार्थ क्याम्पस कपिलवस्तु, शहीद नारायण प्रसाद रामापुर क्याम्पस रुपन्देही सहित १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएसंगै अर्घाखाँचीको शैक्षिक धरोहरको रुपमा स्थापित पाणिनि बहुमुखी क्यामपस आंगिक मान्यता प्राप्त भएको हो ।


 १० वटा क्याम्पसलाई आंगिक मान्यता दिने निर्णय गरेको सिनेट बैठकले संकायको विस्तार गर्ने र यसै बर्ष देखी कानुन र कृषि विषयमा संकाय सञ्चालन गर्ने नीतिगत नीति तथा कार्यक्रम समेत पारित गरेको विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले जानकारी दिनुभएको छ । विश्व विद्यालयले चालु आर्थिक वर्षका लागि १ अर्ब १६ करोड बराबरको बजेट पनि ल्याएको छ ।स्थानिय बुद्धिजिवी,शिक्षाप्रेमी र सरोकारवालाको अथक प्रयासपछि बि.सं.२०४५ सालमा  स्थापना भइ उच्च शिक्षाको ज्योति छर्दै आएको पाणिनि बहुमुखी क्याम्पसले आंगिकको मान्यता पाएसंगै जिल्लावासीमा खुशियाली छाएको छ ।पाणिनि बहुमुखी क्याम्पसले अहिले ब्याच्लर तर्फ मानविकी,शिक्षा शास्त्र र डिग्रीतर्फ ब्यबस्थापन संगै शिक्षा शास्त्र तर्फ इपिम,नेपाली र स्वास्थ्य शिक्षा को पठनपाठन संचालन गर्दै आएको छ ।यस क्याम्पसका सबै तहमा गरि अहिले ७ सय जना विद्यार्थीले अध्ययन गरिरहेको प्रध्यापक दोर्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान