२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा पहिलो पटक बेकरी उद्योग सञ्चालनमा

१२ भाद्र २०७५, मंगलवार ०८:०५

चिसाङ शेर्पा | भदौ÷१२, खोटाङ | ठूलो धनराशीमा दिक्तेल बजारमा सिध्दलक्ष्मी बेकरी एण्ड क्याफे सञ्चालनमा आएको छ । सिध्दलक्ष्मी कम्पनी प्रालिको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित नयाँ बैकचोकमा एक करोड चालिस लाखमा बेकरी क्याफे सञ्चालनमा आएको हो ।


पुर्वाञ्चलको पहाडी क्षेत्रको पहिलो बेकरी उधोगमा हाल ब्रेड, डूनोट, वर्गर बन, क्रिम रोल, बथ्डे केक, मफिन पाम उत्पादन भईहेको छ । बेकरीमा सिद्मी ब्राण्ड, वेकरी ब्राण्ड र कूकिजका सम्पुर्ण आईटम उत्पादन हुने सिध्दलक्ष्मी बेकरी एण्ड क्याफेका प्रवन्ध संञ्चालक मनोज कुमार वजिमयले बताए । अत्याधुनिक मेशिन, दक्ष जनशक्ति रहेको उधोगलाई आवाश्यक कच्चा पदार्थ मैदा, चिनी काठमाण्डौ र तराईबाट आयात हुदै आएको छ ।


बेकरीमा उत्पादन हुने खाध्य वस्तुहरु दिक्तेल बजार, नुनथला, हलेसी बजार, बुईपा बजारमा बिक्री हुने गरेको छ । पुर्वी पहाडी जिल्लामा विभिन्न चुनौतीहरु माझमा गएको भदौ २ गतेबाट विधिबत रुपमा सञ्चालनमा आएको बेकरीमा स्थापनादेखी हालसम्म १ करोड ४० लाख लगानी भएको छ । उधोगलाई अझै व्यवस्थित गर्न २० लाख रुपैयाँ आवाश्यक रहेको जनाइएको छ । 

जिल्लामा बेकरी उधोग सञ्चालनमा आएपछि बाहिरबाट आउने झंकफूटजन्य खाध्यवस्तु आयतमा कमी, स्थानिय कच्चा पदार्थ खपत र स्थानियहरु युवा युवतीले रोजगारी पाएका छन् । उधोगले हाल २५ जनालाई माशिक तलबमा रोजगारी दिइरहेको छ । हाल बेकरीको एकवटा बिक्री केन्द्र रहको छ । निकट समयमा अन्य स्थानमा समेत बिक्री केन्द्र राख्दै जाने उधोगसँग योजना छ । 


जिल्लामा बेकरी उधोग सञ्चालनमा आएपनि व्यापार गर्नका लागि राम्रो सडक र उधोग सञ्चालनका लागि बिधुतको समस्या हुने गरेको छ । बैकल्पिक रुपमा उर्जाका लागि जेनेरेटर राखिएको भएता पनि लामो समय बत्ती गएमा उधोगलाई घाटा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा