2026-09-15 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारतको दादागिरी: नेपाल र भारतको विवादित ठाउँमा सडक बनायो

श्याम थापा | भदौ १२, सुस्ता | पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षले दादागिरी तरिकाले नेपाल र भारतको बिबादित ठाउँमा सडक निर्माण गरिरहेको छ | त्यसैगरी सुस्ताको नेपाल भारत सिमानामा खाल्टो खनेको छ | जसले गर्दा सुस्ताबासीहरुलाई आवातजावत गर्न समस्या भएको छ । 

सुस्ताबासिहरुलाई सहजरूपमा हिडडुल गर्न भारतको भुमी प्रयोग गरि नेपाल आउने बाध्यता रहेको छ । 

तर त्यही बाध्यताको फाइदा उठाएर भारतीय पक्षले सिमानामा खाल्टो खनिदिएर सुस्ताबासीहरुलाई दुख दिने कार्य गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले बताउनु भयो ।

भारतीय पक्षले बिबादित जग्गामा सडक निर्माण कार्य गर्न लाग्दा सो कार्यलाई रोक्न सुस्ताबासीहरु पुग्दा भारतीय पक्षका स्थानीयले भारतीय सशस्त्र सिमा बल एसएसबिको बल पाएर सुस्ताबासीहरुको कुरालाई बेवास्ता गरेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाले बताउनु भयो । 

सो स्थलको अनुगमन गर्न सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे सुस्तामा पुग्दा बिबादित ठाँउमा भारतीय पक्षले सडक बिस्तार कार्य गरिरहेको र सो कार्य रोक्नका लागि भारतीय पक्षले यो हाम्रो भुमि हो हामीले जे पनि गर्छौ भन्दै सडक निर्माण कार्य नरोकेको र गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिनु भयो । 

सुस्ताबासीहरु हिडडुल गर्न,बजार गर्न , विद्यार्थीहरुलाई आधारभुत तह देखि उच्च शिक्षा सम्म शिक्षा हासिल गर्नका लागि र बिरामीहरु उपचार गर्नका लागि नारायणी नदिबाट डुङ्गा र भारत बिहारको चकदहवाको गरि दुई वटा मात्र बाटोको प्रयोग गर्ने गरेको छ । बर्षातको समयका कारणले गर्दा नारायणी नदिमा पानीको बहाव बढी रहेको कारणले सहज यात्राका लागि भारतको भुमी प्रयोग गरि नेपाल जान पर्ने बाध्यता रहेको सुस्ताबासिहरुको भनाइ छ ।

पटक पटक सुस्ताबासीहरुको माथी विभिन्न तरिकाले भारतीय पक्षले दादागिरी रूपमा हस्तक्षेप गरि सुस्ताबासीहारुलाई दुख दिने गरेको कारणले गर्दा यो समस्या समाधानका लागि नेपाल र भारत बिच उच्च स्तरीय बार्ता हुनु जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ