२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक अभियान

२०७५, १३ भाद्र बुधबार ०८:०५

काशीराम शर्मा | भदौ १३, बाँके | सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लामा छड्के चेकजाँच र सचेतनामूलक अभियानलाई तीव्रता दिएको छ । 

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित छड्के चेकजाँच गर्नुका साथै सवारी चालकलाई ट्राफिक नियमबारे सचेत गराइरहेको छ । छड्के चेकजाँच थालेपछि कारवाही पनि ह्वात्तै बढेको छ । 

सवारी दुर्घटना कम गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउन छड्के चेकजाँच थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हीरेन्द्र रोकायले जानकारी दिनुभयो । 

शहर र ग्रामीण क्षेत्र दुबैमा छड्के चेकजाँँच थालेको ट्राफिक प्रहरीले जनाएको छ । प्रायःजसो सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना र मादकपदार्थ सेवन गरी सवारी चलाउने ट्राफिक प्रहरीलाई छक्याउँदै चेकजाँज गर्ने भन्दा फरक रुटबाट आवातजावात गर्ने पाइएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन पनि छड्के चेकजाँच थालिएको जनाइएको छ । 

क्षमता भन्दा धेरै यात्रु बोक्ने तथा मनपर्दी भाडा असुली गर्ने बसलाई पनि कारवाही गर्ने प्रहरी निरीक्षक रोकाको भनाइ छ । उहाँले भन्नुभयो, “क्षमता भन्दा बढीयात्रु रहेको सवारी देखेमा प्रहरीलाई खबर गर्नुहोस्, यसमा स्वयं यात्रु पनि सजकहुनुपर्छ ।” बिना लाइसेन्स सवारी चलाउँदा दुर्घटना भएमा चालकलाई नै समस्या पर्ने ट्राफिक प्रहरीको भनाइ छ । 

‘बिना लाइसेन्स सवारी चलाउनु चालककै लागि घातक हो,’ उहाँले भन्नुभयो, “यदि लाइसेन्स नभएका दुर्घटनामा पर्नुभयो भने कानूनले उहाँहरुलाई नै दोषी मान्छ, बीमा कम्पनीले पनि क्षतिपूर्ति दिन मान्दैनन्, त्यसैले कानूनअनुसार जेल सजायदेखि जरिवाना तथा क्षतिपूर्तिसमेत भराउनुपर्ने हुन्छ ।” 

यस्तै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नेपालगञ्ज कोहलपुर सडक खण्डका विभिन्न स्थानमा सचेतनामूलक बोर्ड लगाएको छ । ‘कोहलपुर सडक खण्डको पिपरीमा बाइक स्केल्लेटन राखिएको छ,’ ट्राफिक चेकपोष्ट राझाका इन्चार्ज दिनशकुमार पण्डितले भन्नुभयो, “नेपालगञ्ज कोहलपुर सडक खण्डमा दैनिकजसो दुर्घटना बढ्दै गएका कारण बढी दुर्घटना हुने स्थानमा दुर्घटना भएको बाइक राखेर सचेतीकरण गरिएको हो ।” 

उहाँले अत्याधिक सडक दुर्घटना हुने अन्य ठाउँमा यस्ता जनचेतनामूलक बोर्ड राख्ने योजना रहेको पनि बताउनुभयो । सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने हुँदा उनीहरुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, यसले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने विश्वास इन्चार्ज पण्डितको छ । 

४३ दिनमा रु १२ लाख राजश्व 

जिल्ला ट्राफिक कार्यालय बाँकेले साउन १ गतेदेखि भदौ १२ गतेसम्ममा रु १२ लाख १५ हजार पाँच सय राजश्व सङ्कलन गरेको छ । 

साउन महिनामा मात्रै ट्राफिक नियम विपरीत चलेका सवारी साधनमध्ये सबैभन्दा धेरै ७११ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । 

सोही अवधिमा ५३९ वटा ट्रक, २४१ जीप, कार, १३९ बस र ८४ वटा अन्य (अटो रिक्सालगायत) सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार साउन १ गतेदेखि हालसम्म नौ वटा गम्भीर खालका दुर्घटना भएका छन् । 

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक रोकायका अनुसार गम्भीर खालका दुर्घटनाको दर पनि उच्च रहेको छ । सामान्य खालका दुर्घटना अत्यधिक रहे पनि रेकर्ड भने राखिँदैन । कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० वर्ष उमेर समूहका बिना लाइसेन्स तीव्र गतिमा सवारी चलाउनेको सङ्ख्या धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला