२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक अभियान

१३ भाद्र २०७५, बुधबार ०८:०५

काशीराम शर्मा | भदौ १३, बाँके | सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लामा छड्के चेकजाँच र सचेतनामूलक अभियानलाई तीव्रता दिएको छ । 

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित छड्के चेकजाँच गर्नुका साथै सवारी चालकलाई ट्राफिक नियमबारे सचेत गराइरहेको छ । छड्के चेकजाँच थालेपछि कारवाही पनि ह्वात्तै बढेको छ । 

सवारी दुर्घटना कम गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउन छड्के चेकजाँच थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हीरेन्द्र रोकायले जानकारी दिनुभयो । 

शहर र ग्रामीण क्षेत्र दुबैमा छड्के चेकजाँँच थालेको ट्राफिक प्रहरीले जनाएको छ । प्रायःजसो सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना र मादकपदार्थ सेवन गरी सवारी चलाउने ट्राफिक प्रहरीलाई छक्याउँदै चेकजाँज गर्ने भन्दा फरक रुटबाट आवातजावात गर्ने पाइएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन पनि छड्के चेकजाँच थालिएको जनाइएको छ । 

क्षमता भन्दा धेरै यात्रु बोक्ने तथा मनपर्दी भाडा असुली गर्ने बसलाई पनि कारवाही गर्ने प्रहरी निरीक्षक रोकाको भनाइ छ । उहाँले भन्नुभयो, “क्षमता भन्दा बढीयात्रु रहेको सवारी देखेमा प्रहरीलाई खबर गर्नुहोस्, यसमा स्वयं यात्रु पनि सजकहुनुपर्छ ।” बिना लाइसेन्स सवारी चलाउँदा दुर्घटना भएमा चालकलाई नै समस्या पर्ने ट्राफिक प्रहरीको भनाइ छ । 

‘बिना लाइसेन्स सवारी चलाउनु चालककै लागि घातक हो,’ उहाँले भन्नुभयो, “यदि लाइसेन्स नभएका दुर्घटनामा पर्नुभयो भने कानूनले उहाँहरुलाई नै दोषी मान्छ, बीमा कम्पनीले पनि क्षतिपूर्ति दिन मान्दैनन्, त्यसैले कानूनअनुसार जेल सजायदेखि जरिवाना तथा क्षतिपूर्तिसमेत भराउनुपर्ने हुन्छ ।” 

यस्तै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नेपालगञ्ज कोहलपुर सडक खण्डका विभिन्न स्थानमा सचेतनामूलक बोर्ड लगाएको छ । ‘कोहलपुर सडक खण्डको पिपरीमा बाइक स्केल्लेटन राखिएको छ,’ ट्राफिक चेकपोष्ट राझाका इन्चार्ज दिनशकुमार पण्डितले भन्नुभयो, “नेपालगञ्ज कोहलपुर सडक खण्डमा दैनिकजसो दुर्घटना बढ्दै गएका कारण बढी दुर्घटना हुने स्थानमा दुर्घटना भएको बाइक राखेर सचेतीकरण गरिएको हो ।” 

उहाँले अत्याधिक सडक दुर्घटना हुने अन्य ठाउँमा यस्ता जनचेतनामूलक बोर्ड राख्ने योजना रहेको पनि बताउनुभयो । सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने हुँदा उनीहरुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, यसले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने विश्वास इन्चार्ज पण्डितको छ । 

४३ दिनमा रु १२ लाख राजश्व 

जिल्ला ट्राफिक कार्यालय बाँकेले साउन १ गतेदेखि भदौ १२ गतेसम्ममा रु १२ लाख १५ हजार पाँच सय राजश्व सङ्कलन गरेको छ । 

साउन महिनामा मात्रै ट्राफिक नियम विपरीत चलेका सवारी साधनमध्ये सबैभन्दा धेरै ७११ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । 

सोही अवधिमा ५३९ वटा ट्रक, २४१ जीप, कार, १३९ बस र ८४ वटा अन्य (अटो रिक्सालगायत) सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार साउन १ गतेदेखि हालसम्म नौ वटा गम्भीर खालका दुर्घटना भएका छन् । 

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक रोकायका अनुसार गम्भीर खालका दुर्घटनाको दर पनि उच्च रहेको छ । सामान्य खालका दुर्घटना अत्यधिक रहे पनि रेकर्ड भने राखिँदैन । कारवाहीमा पर्नेमा अधिकांश १० देखि ३० वर्ष उमेर समूहका बिना लाइसेन्स तीव्र गतिमा सवारी चलाउनेको सङ्ख्या धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो