Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

तुलसीपुरमा बधशाला र मिटमार्ट निर्माण गरिने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १३, दाङ | </b>तुलसीपुर उपमहानगरपालिकामा चालू आवमा आधुनिक बधशाला र मिटमार्ट निर्माण गरिने भएको छ । रु चार करोडको लागतमा बधशाला र मिटमार्ट निर्माण गरिनेछ ।&nbsp;<br></p><p>सो कार्यका लागि प्रदेश सरकारले रु दुई करोड तथा तुलसीपुर उपमहानगरपालिकाले रु दुई करोड विनियोजन गरेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । बधशाला र मिटमार्ट निर्माणपछि लामो समयसम्म मासु भण्डारण गरेर बिक्री गर्न सकिने छ । बधशाला र मिटमार्ट निर्माणपछि यहाँका बासिन्दाले स्वच्छ मासु खान पाउने छन् ।&nbsp;</p><p>यस्तै तुलसीपुर उपमहानगरपालिकाले बसपार्क निर्माण गरिरहेको छ । बसपार्क निर्माणको काम हालसम्म ६० प्रतिशत काम पूरा भएको नगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिनुभयो । बसपार्क क्षेत्रलाई व्यवस्थित गर्न तथा अन्य संरचना निर्माण गर्न उपमहानगरपालिकाले रु १० करोड विनियोजन गरेको छ ।&nbsp;</p>