पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १४, गौशाला | महोत्तरी जिल्लाको औरहीमा आइतबार भएको बालिका चोरी र हत्याको अभियुक्त पक्राउ गर्नुपर्ने माग राख्दै स्थानीयले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार साँझ औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली चौधरीलाई भंगहा नगरपालिका–६ बस्ने २५ वर्षीय भरत साहले आमासँग पसलमा खेलिरहेको अवस्थामा चोरी गरेको र सोमबार दिउँसो १ बजे भंगहा –६ स्थित जङ्गलमा उनको शव फेला परेको थियो ।

घटनामा सङ्लग्न भरत साहलाई आज घटनाको पाँचौ दिन बित्न लाग्दा पनि पक्राउ नगरिएको भन्दै स्थानीयले आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई अभियुक्त पक्राउ गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीयले औरहीबाट करीब ५०० संख्यामा आएका स्थानीयले आज दिउँसो जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले घटनाबारे जानकारी पाए लगत्तैदेखि अभियुक्त पक्राउ गर्न जिल्ला, प्रदेश र सङ्घ गरी तीन तह तथा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिसकिएको र चाँडै अभियुक्त पक्राउ पर्ने दावी गर्नुभयो ।