२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बैदेशिक रोजगार सुरक्षित टोल घोषणा

१४ भाद्र २०७५, बिहीबार १२:०९

चिसाङ शेर्पा | भदौ÷१४, खोटाङ | खोटाङमा एउटा टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो ।


 खाल्लेको ६ सय ४८ घरधुरी मध्ये २९ घरधुरी रहेको वस्नेत टोलमा १३ जना पुरुष बैदेशिक रोजगारीमा गएका सबैले विदेश जाँदा सीप सिकेर गएका, एकजना बाहेक अन्यले आवश्यक कागजातको एक÷एक प्रती फोटोकपी घरमा राखेका, विदेशबाट आफन्तले पठाएको पैसा अनावश्यक फजुल खर्च नगरी बचत गरेका, बिदेशबाट फर्केपछि सीपमूलक आयआर्जनमा लागेका, महिला हिंसा विरुद्ध आरोप लान्छना विरुद्ध संगठीत भएका आधारमा बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको सामी परियोजना सामाजिक परिचालक सन्तोष कुमार राईले जानकारी दिए ।

सुरक्षित आप्रावासन परियोजना सामी अन्र्तगत नवकिरण सेवा समाज नेपालको सहकार्यमा सूचना तथा परामर्श सेवा तथा सामाजिक परिचालन कार्यक्रम र वडाको आयोजनामा गतवर्षको कात्र्तिक १४ गतेबाट यहि भदौ ७ गतेसम्ममा बैदेशिक रोजगार सम्बन्धि विभिन्न मनोपरामर्श, जनचेतनामूलक शन्देश, साक्षरता कक्षा लगायतबाट बैदेशिक रोजगार सुरक्षित टोल निर्माण गरेर बिहीबार खाल्लेको बस्नेत टोललाई वडाध्यक्ष डिल्ली कुमार राईले बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गर्नुभएको थियो ।   


बैदेशिक रोजगार सम्बन्धि साक्षरता कक्षा पाएपछि परिवारमा दैनिकी लेख्ने, पासवुक भर्ने, दैनिक बचत गर्ने, फजुल खर्चलाई कम गर्ने र विदेशमा भागेर काम गर्न नहुनेजस्ता शिक्षा पाउदा परिवारमा परिवर्तन आएको बस्नेत टोलका दुर्गा बस्नेतले बताईन् । 

बिदेश जादाँ सीप, भाषा सिकेर गएमा तथा कागजपत्र सुरक्षित राखेमा बैदेशिक रोजगारी सहज र दुख नपाईने विदशेबाट फर्केका बिनोद बस्नेतले बताए । बस्नेत टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गदै परियोजनाले अन्य टोलमा अभियान थालनी गर्ने जनाएको छ । खाल्लेमा ४७ जनाले सीप सिकेर विदेश गएका,७९ जनाले कागजपत्र घरमा छोडेका, ३८ जनाले पैसा तिरेको भरपाई लिएको र ४७ वटा बैदेशिक समस्या रहेको पाइएको छ ।  

सुरक्षित आप्रवासन परियोजना सामी र नबिकरण सेवा समाजको पछिल्लो समयको आँकडा अनुसार खाल्लेबाट मलेसियामा ५३, कतारमा ५८, दुवाई ३५, साउदी ५१, कुबेत १३, बहराईन २, कोरिया÷जापान २ र युरोप÷ अमेरिकामा १० जना गरी २ सय २४ जना बैदेशिक रोजगारीका लागि बिदेश गएका छन् । जसमा पुरुष २ सय २० जना र महिला ४ जना रहेको छ । नेपाली समाजमा बिकराल समस्याको रुपमा रहेको बैदेशिक रोजगारलाई सुरक्षित बनाउन परिवार, समाज, बैदेशिक रोजगारमा गएका ब्यक्ति सबैजना संगठित भएर लाग्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य