२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बैदेशिक रोजगार सुरक्षित टोल घोषणा

२०७५, १४ भाद्र बिहीबार १२:०९

चिसाङ शेर्पा | भदौ÷१४, खोटाङ | खोटाङमा एउटा टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो ।


 खाल्लेको ६ सय ४८ घरधुरी मध्ये २९ घरधुरी रहेको वस्नेत टोलमा १३ जना पुरुष बैदेशिक रोजगारीमा गएका सबैले विदेश जाँदा सीप सिकेर गएका, एकजना बाहेक अन्यले आवश्यक कागजातको एक÷एक प्रती फोटोकपी घरमा राखेका, विदेशबाट आफन्तले पठाएको पैसा अनावश्यक फजुल खर्च नगरी बचत गरेका, बिदेशबाट फर्केपछि सीपमूलक आयआर्जनमा लागेका, महिला हिंसा विरुद्ध आरोप लान्छना विरुद्ध संगठीत भएका आधारमा बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको सामी परियोजना सामाजिक परिचालक सन्तोष कुमार राईले जानकारी दिए ।

सुरक्षित आप्रावासन परियोजना सामी अन्र्तगत नवकिरण सेवा समाज नेपालको सहकार्यमा सूचना तथा परामर्श सेवा तथा सामाजिक परिचालन कार्यक्रम र वडाको आयोजनामा गतवर्षको कात्र्तिक १४ गतेबाट यहि भदौ ७ गतेसम्ममा बैदेशिक रोजगार सम्बन्धि विभिन्न मनोपरामर्श, जनचेतनामूलक शन्देश, साक्षरता कक्षा लगायतबाट बैदेशिक रोजगार सुरक्षित टोल निर्माण गरेर बिहीबार खाल्लेको बस्नेत टोललाई वडाध्यक्ष डिल्ली कुमार राईले बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गर्नुभएको थियो ।   


बैदेशिक रोजगार सम्बन्धि साक्षरता कक्षा पाएपछि परिवारमा दैनिकी लेख्ने, पासवुक भर्ने, दैनिक बचत गर्ने, फजुल खर्चलाई कम गर्ने र विदेशमा भागेर काम गर्न नहुनेजस्ता शिक्षा पाउदा परिवारमा परिवर्तन आएको बस्नेत टोलका दुर्गा बस्नेतले बताईन् । 

बिदेश जादाँ सीप, भाषा सिकेर गएमा तथा कागजपत्र सुरक्षित राखेमा बैदेशिक रोजगारी सहज र दुख नपाईने विदशेबाट फर्केका बिनोद बस्नेतले बताए । बस्नेत टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गदै परियोजनाले अन्य टोलमा अभियान थालनी गर्ने जनाएको छ । खाल्लेमा ४७ जनाले सीप सिकेर विदेश गएका,७९ जनाले कागजपत्र घरमा छोडेका, ३८ जनाले पैसा तिरेको भरपाई लिएको र ४७ वटा बैदेशिक समस्या रहेको पाइएको छ ।  

सुरक्षित आप्रवासन परियोजना सामी र नबिकरण सेवा समाजको पछिल्लो समयको आँकडा अनुसार खाल्लेबाट मलेसियामा ५३, कतारमा ५८, दुवाई ३५, साउदी ५१, कुबेत १३, बहराईन २, कोरिया÷जापान २ र युरोप÷ अमेरिकामा १० जना गरी २ सय २४ जना बैदेशिक रोजगारीका लागि बिदेश गएका छन् । जसमा पुरुष २ सय २० जना र महिला ४ जना रहेको छ । नेपाली समाजमा बिकराल समस्याको रुपमा रहेको बैदेशिक रोजगारलाई सुरक्षित बनाउन परिवार, समाज, बैदेशिक रोजगारमा गएका ब्यक्ति सबैजना संगठित भएर लाग्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित