भदौ १५, चितवन | काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफै अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो ।

कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते हुनुभएको छ । पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यस अघि २० दिन अघि नारायनगढ मुग्लिन सडक अन्तर्गत यही जुगेडी पुलबाट ट्रक खस्दा दुइ जनाको मृत्यु भयको थियो भने एक जना घाइते भएका थिए ।

तश्विरमा: यस अघि सोहि पुलबाट खसेको ट्रक |

Related News