२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका सबै स्थानीय तह पहिरोको उच्च जोखिममा

१५ भाद्र २०७५, शुक्रबार ०७:३९

भदौ १५, नुवाकोट | जिल्लाका १२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न विपद्मध्ये पहिरोका कारण हुने विपद्को घटनाबाट नुवाकोटका सबै स्थानीय तह उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जिल्लामा पहिरोको जोखिम उच्च रहेको उल्लेख गरिएको हो । दुई नगरपालिका र १० गाउँपालिकामा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा पहिरो पहिलो स्थानमा रहेको छ । 

जिल्लामा सबै स्थानीय तहमा अध्ययन गर्दा पहिरोको समस्या उच्च रहेको देखिएको अध्ययनमा संलग्न इञ्जिनीयर रामकृष्ण राजभण्डारीले बताउनुभयो । पहिरोपछिको विपद्मा बाढी रहेको छ । बाढीको जोखिम पनि जिल्लामा धेरै रहेको केही वर्षका घटनाले देखाइरहेको छ । 

प्रतिवेदनमा जनावरको आतङ्क, आगलागी, सडक दुर्घटना, हुरीबतास, चट्याङ लगायतका विपद्का जोखिम रहेको उल्लेख गरिएको छ । स्थलगत अध्ययन, विगतमा भएको विपद्का घटना र जिल्ला प्रशासन कार्यालयमा आएका विपद्को घटनाका निवेदनको आधारमा नुवाकोटमा पहिरोको जोखिम धेरै रहेको देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उद्धवबहादुर थापाले बताउनुभयो । 

‘‘विपदहरुमा पहिरोको जोखिम बढी भनेर अन्य विपद्लाई बेवास्ता गर्नु हुँदैन । सबैखाले विपद्को जोखिमलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ’’ उहाँले भन्नुभयो । विभिन्न सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ले जिल्लामा विपद् जोखिम न्यूनीकरण गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

पहिरोले बढेर गएमा जिल्ल्लामा चार हजार २०० घरपरिवार प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । तत्काल ४५० घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो । पहिरोको कारण विपद् आएमा तत्काल उद्धार र राहतको लागि रु एक करोड ३४ लाख रकम आवश्यक पर्ने ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जनाइएको छ । 

पहिरोको कारण आफ्नो गाउँपालिकामा १३० घर जोखिममा परेको जिल्लाको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो । जिल्लामा पहिरोको समस्या धेरै बढ्न थालेकाले यसको नियन्त्रणको लागि दीर्घकालीन योजना निर्माण गरी सबै स्थानीय तहले काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार साउन महिनायता मात्र जिल्लामा पहिरो र बाढीको कारण करोडौंको क्षति भएको छ । पहिरोबाट एक जनाको मृत्यु भएको छ भने पहिरो र बाढीका कारण २१ घरमा क्षति भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य