२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हप्तौं मनाईने साउने पूर्णिमा धुमधाम सुरु

२०७५, १५ भाद्र शुक्रबार ०९:२३

रेशमराज रोकाया | भाद्र १०, हुम्ला | जनै पूर्णिमा अर्थात हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न शक्तिपिठमा धुमधामको साथ मनाईएको छ । धर्मले हिन्दु मान्ने भएता पनि यहाँका वासिन्दा दशैं र तिहार भन्दा विशेष महत्वका साथ यो पर्वलाई मनाउने गरेको पाईएको छ । हरेक गाउँमा स्थानिय धामी नृत्य र देउडा नृत्यको लागि कहलिएको यो पर्वमा युवा युवतीको लागि भने विशेष दिन रहने गरेको छ । मिठो खाने र नयाँ कपडाको साथमा सजिने चाडको रुपमा यो पर्व चिनिने गरेको छ । हुम्लाको सिमकोट गाउँपालिकामा अझ यो पर्व बढी धुमधामको रुपमा मान्ने चलन रहेको छ । जिल्लाका अन्य तिर्थस्थलमा भने चतुर्थी र पूर्णिमाको दिनमा मात्र मनाउने यो पर्व भने  सिमकोटमा त्रियादशीको दिन देखी १ हप्ता सम्म धुमधामले मनाउने चलन रहेको छ । 


नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाईन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आए पछिविशेष गरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाँच्ने) गरेको पाईएको छ । जिल्लाका ७ वटा नै स्थानिय तह गाउँपालिकाबाट सिमकोटमा मेला भर्नेको हजारौं संख्यामा उपस्थिती रहने गरेको छ । दिउसो स्थानिय मन्दिरमा गई खसी, बोका चढाई पुजाआजा गर्ने र अपरान्हतिर सिमकोटका विभिन्न मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको पाईएको छ । स्थानिय युवा क्लवले मेलालाई व्यवस्थित गर्नको लागि जुस, पानी, प्राथमिक उपचार र प्रसाद वितरण गर्नको लागि स्वयंसेवक पनि परिचालन गर्ने गरेको छ भने साँझ पखबाट युवायुवतीले देउडा गित खेलेर आफ्ना मनका बह र माया परिती साँट्ने गर्दछन् । 


रमाईलो के छ भने देउडा खेल्दा खेल्दै गितको माध्यमबाट मायाको भाव गितबाट नै व्यक्त गरी कति युवा युवतीले विवाहको बन्धनमा पनि बाँधिने गरेका छन् । यो पर्वमा कोही कसैले विवाह गर्न चाहेका युवा रर युवतीले दिन, बार नै नहेर्नु पर्ने किन्वदन्ती समेत रहेको छ । हिन्दुको चाड भएको भएता पनि यो पर्व मनाउनको लागि बौद्ध धर्मावलम्वीले पनि सौहाद्रता स्वरुप यो पर्वमा समर्थन गर्ने गर्दछन् । 

अपरान्ह तिरको देउडा गित खेलेर अनि हिन्दुको घरमा निम्तो स्वीकारेर यो पर्वमा बौद्ध धर्मावलम्बीले पनि सहयोग गर्ने गरेका छन् । शक्तिपिठमा धामीले आफ्नो शक्ति प्रदर्शन गर्नको लागि कोही धामीले दुध ओकल्ने, जमरा उमार्ने, तातो तेल पिउने लगायतका अद्भुत कार्य समेत देखाउने प्रचलन रहेको छ । 


स्थानिय तहले पनि हाल यस्ता खालका मन्दिरको संरक्षणको लागि राम्रै बजेट छुट्याउने गरेकाछन् । मन्दिरको जिर्णोद्धार अनि मर्मत सम्भारको लागि स्थानिय तहले त्यस्ता उपभोक्ताको लागि बजेट उपलव्ध गराउने गरेको छ । 

विशेष गरी आन्तरिक र बाह्य पर्यटकको लागि यो पर्वले विशेष महत्व राख्ने गरेको पाईएको छ । स्थानिय पसलमा पनि लाखौंको कारोबार हुने गरेको छ । नयाँ कपडा, दैनिक उपभोग्यका सामान र बन्दोबस्तीका सामान यो समयमा निक्कै विक्रि हुने गरेको छ । स्थानिय व्यापारीलाई सामान बेचविखनको लागि भ्याई नभ्याई नै हुने गरेको छ । वर्षमा दशैं र तिहारमा देशका अन्य भागमा व्यापारिक चहल पहल निक्कै बढ्ने गरेको भएता पनि हुम्लामा भने साउने पूर्णिमा मेलामा व्यापारिक चहल पहल हुने गरेको छ । यहि मौका पारेर स्थानिय व्यपारीले नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी गरेर हवाई जहाजको चाटर्ड बुक गर्ने गरेका छन् । 

यो मेलामा सुनका गरगहना देखी लिएर कपडा सम्मको करोडौंको व्यापार व्यवसाय हुने गरेको छ । 


यो पर्वलाई अझ व्यवस्थित गर्न सकेमा र प्रचार प्रसार गर्न सकेमा हुम्लामा आन्तरिक र बाह्य पर्यटनको राम्रो प्रवद्र्धन हुन सक्ने सम्भावना रहेको छ । विगतका वर्षमा सिमकोटमा देउडा खेल खेल्नको लागि थुप्रै सार्वजनिक स्थल हुँदा देउडा पारखीको लागि भने यो पर्व विशेष हुने गरेको थियो । सार्वजनिक स्थानमा सरकारी घर र अन्य स्थानमा निजी घर बन्दा हाल देउडा खेल खेल्नको लागि पनि समस्या हुने गरेको छ । विगतका वर्षमा विमानस्थल घेरबार नहुने बेलामा विमानस्थल भरी पचासौं देउडा खेल रातभर खेल्ने प्रचलन रहेको थियो । गत केही वर्षमा भने योे पर्वमा देउडा खेल्नको लाग बजारको चोक र गल्लीका साँघुरा स्थानमा खेल्ने गरेको पाईएको छ ।  पूर्णिमाको दिनमा नजिकै रहेका शिवको मन्दिरमा गई स्थानिय ब्राम्हणबाट जनै र रक्षावन्धन बाँध्ने समेत प्रचलन रहेको छ । 

हाल शहरी क्षेत्रमा गएका युवाको सिकाई र जिल्ला भन्दा बाहिरबाट हुम्ला आएका दर्शनार्थीले यो प्रचलन ल्याएको भएता पनि विगतका वर्षमा यो चलन रहेको थिएन । यो पर्वलाई अदानचुली गाउँपालिकाको खौला मन्दिर, सर्केगाड गाउँपालिकाको रोडिकोट र राहदेवको महादेवको मन्दिर, सिमकोटको मुग्राधारा मन्दिर र दक्षिणमा रहेको मानसरोवर नमूना माध्यमिक विद्यालयको विद्यालय आँगनमा रहेको मन्दिरमा, अन्य गाउँका सबैजसो शक्तिपिठमा धुमधामको साथमा मनाउने प्रचलन रहेको छ । यस वर्ष अत्याधिक वर्षाको कारण केही समस्या भएको भएता पनि छाता र रेन कोट ओढेर भए पनि भक्तजन तिर्थस्थलमा जाने गरेको पाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ