२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा लागुऔषधको प्रयोगकर्ता दोब्बर

१६ भाद्र २०७५, शनिबार ०५:००

काशीराम शर्मा | भदौ १६, बाँके | जिल्लामा लागुऔषधका प्रयोगकर्ता तथा कारोवार गर्नेको सङ्ख्या बढिरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषधमा पक्राउ परेका व्यक्ति, मुद्दा दर्ता र बरामद गरिएको लागुऔषधको मात्राले दिन प्रतिदिन यसको प्रयोगकर्ता बढिरहेको पाइएको हो । 

पछिल्लो तीन वर्षको तथ्याङ्कबमोजिम यस्तो वस्तुको प्रयोगकर्ता तथा कारोवारी घट्नुको साटो बढिरहेको र यसमा किशोरी पनि संलग्न रहेको पाइएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागुऔषध किशोरीले पनि प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । साथीको लहलहैमा लागेर लागुऔषधको कुलतमा फसेका प्रायः किशोरीहरू यौनधन्दामा समेत रहेको जानकारहरू बताउँछन् । बाहिरी जिल्लाबाट नेपालगञ्जमा पढ्न वा अरू कुनै काम विशेषले बसेका र स्थानीय किशोरी पनि कुलतमा फसेको पाइएको छ । 

आव २०७४÷७५ मा ११ किशोरी लागुऔषधमा पक्राउ परेका किशोरी पुरुष साथीसँग लागेर कुलतमा फसेका प्रहरी निरीक्षक रणबहादुर बिष्ट बताउनुहुन्छ । 

उहाँका अनुसार गएको तीन वर्षको तुलनामा अहिले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दोब्बर भएको छ । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२÷७३ मा प्रहरीले लागुऔषधसहित १०८ जनालाई पक्राउ गरेकमा ७८ वटा मुद्दा दर्ता भएको थियो । सो अवधिमा ५८७ ग्राम ६८ मिलिग्राम ब्राउनसुगर, ३० किलो २०० ग्राम चरेश, नाइट्रोजेपाम ९३५ ट्याब्लेट, अफिम पाँच किलो र गाजा १५ ग्राम बरामद भएकोे थियो । 

आव २०७३÷७४ मा लागुऔषधसहित १८९ जनालाई पक्राउ गरिएकामा १३७ मुद्दा दर्ता गरिएको थियो । सो अवधिमा ५३७ ग्राम ३१२ मिलिग्राम ब्राउनसुगर, ३७ किलो एक ग्राम गाजा, १० किलो ५३ ग्राम अफिम, पाँच लिटर २०० मिलिलिटर कोरेक्स, नाइट्रोजेपाम ९७५ ट्याब्लेट बरामद भएको थियो । 

आव २०७४÷७५को अहिलेसम्म २४३ जना पक्राउ परेकामा १४७ वटा मुद्दा दर्ता भए भएका छन् । पक्राउ परेकाहरूबाट ३७५ ग्राम २६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो २५० ग्राम चरेश, सात किलो ३०० ग्राम अफिम, १०० ग्राम गाजा, दुई हजार ६५० मिलिलिटर कोरेक्स, तीन हजार ९२६ वटा नाइट्रोजेपाम तथा नाइट्रोभेट र ६९ ट्याब्लेट स्पाम बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार प्रयोगकर्ताले ट्याब्लेटमा बढी जोड दिएका छन् । गत आवमा तीन हजार ९३६ ट्याब्लेट बरामत गरिएकाले पनि यस्तो स्थिति देखाएको हो । खान सजिलो, किन्दा सस्तो पाइने भएकाले पछिल्लो समयमा प्रयोगकर्ताले ट्याब्लेटमा समेत जोड दिएको पाइएको छ । 

त्यस्ता ट्याब्लेटको माग सुर्खेत, दाङ, दैलेख हुँदै जुम्लासम्म रहेको प्रहरीको भनाइ छ । बाटोको पहुँच भएकाले जुम्लाबाट समेत लागुऔषध लिन रुपैडिहा आउने गरेका छन् । शहर बजारमा मात्रै सीमित रहेको लागुऔषधको प्रयोग बिस्तारै पहाडी क्षेत्रमा समेत फैलिँदै गएको प्रहरीको भनाइ छ । 

लागुऔषधविरुद्ध काम गर्दै आएको सहारा हाउसका अभिराज क्षेत्री बाँकेमा आठ हजारभन्दा बढीले यस्ता औषधको प्रयोगकर्ता भएको बताउनुहुन्छ । 

प्रहरीले लागुऔषध नियन्त्रण तथा कारवाहीका लागि ‘सिधा कारवाही’ अभियानसँगै स्कूल स्कूलमा जनचेतनामूलक कार्यक्रम गरिरहेको छ भने आधा दर्जन सङ्घसंस्थाले पनि यसबिरुद्ध जनचेतनामूलक गतिविधि गरिरहेका छन् । रासस

जिल्ला कारागारमा रहेका बन्दीमध्ये लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढि छन् । निमित्त कारागारप्रमुख श्याम लामिछानेकाअनुसार पछिल्लो तथ्याङ्कमा कारागारमा ६५३ मध्ये लागुऔषधका २३२ जना छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो