२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सुपा देउराली र नरपानीः मदिरा निषेधित क्षेत्र

१७ भाद्र २०७५, आईतवार १५:४८

भदौ १७, अर्घाखाँची | प्रमुख जिल्ला अधिकारी खिमराज भुसालज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय र सर्वदलिय बैठकले शितगंगा नगरपालिका वडा नं. २ बुढिचौरदेखि सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्तीसम्मको राजमार्ग र आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । 

प्रसिद्ध धार्मिक र पर्यटकिय क्षेत्र सुपा देउराली र नरपानी क्षेत्रको वृहत्तर हित र श्रीवृद्धिको लागि सो क्षेत्रमा मदिरा निषेधित गरी धार्मिक महिमा र महत्वलाई अझ बढी बृद्धि गर्ने पवित्र उद्देश्यले आयोजित बैठकमा जिल्ला समन्वय समितिका उप-प्रमुख ऋषि बहादुर पुलामी, सन्धिखर्क नगरपालिकाका उप-प्रमुख ठाकुर कुमार वि.क., शितगंगा नगरपालिकाका उप-प्रमुख टिका रेश्मी, अनुसन्धान उप-निर्देशक गोपाल पन्थी, नि.प्र.ना.उ. खिम बहादुर घर्ती मगर, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि जनार्दन खनाल, पिताम्बर भुसाल, नेपाली काङ्ग्रेसका सभापती विष्णु प्रसाद खनाल (मुस्कान), राष्ट्रिय जनमोर्चाको प्रतिनिधि जिवलाल पौडेल, नेपाली काङ्ग्रेस महासमिति सदस्य केशव श्रेष्ठ, स.प्र.जि.अ. विक्रम थापा, सन्धिखर्क नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष कृष्ण आचार्य, सुपा देउराली संरक्षण समितिका अध्यक्ष एवं सन्धिखर्क नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष पृतम बहादुर थापा, अन्तर पार्टी महिला सञ्‍जालका सचिव सुशिला गैरे, उद्योग वाणिज्य संघको तर्फबाट नेत्र प्रसाद भुसाल, पत्रकार महासंघको अध्यक्ष हिम बहादुर जी.सी. (लेकाली), उपाध्यक्ष गणेश खनाल लगायतको उपस्थिति रहेको थियो । 


विगत केही समयदेखि देशका विभिन्न भागबाट सुपादेउराली दर्शन गर्न आउने विभिन्न व्यक्ति र समूहहरूबिच मदिरा सेवन गरी हो-हल्ला, झै-झगडा र झडप जस्ता उच्श्रृङ्‍खल र अवाञ्छनिय गतिविधि दोहोरिन थालेपछि यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले विशेष पहल गर्दै सर्वपक्षीय र सर्वदलीय बैठक मार्फत सो क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको हो । बैठकमा उपस्थित सम्पूर्ण सरोकारवालाबाट यो अभियानलाई सफल तुल्याई सुपा देउराली र नरपानी क्षेत्रको पर्यटन विकास मार्फत समृद्धि हासिल गर्न एकजुट भई लाग्ने प्रतिवद्धता प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य