२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चन्द्रौटा महोत्सवमा जुधाई

२०७५, १९ भाद्र मंगलवार १०:१०

माधव बेल्वासे | भाद्र १९, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा विगत ५ वर्षदेखी महोत्सव आयोजना हुदै आएको छ । पहिलो र दोस्रो महोत्सव पछीका महोत्सव आयोजकको विषयमा  जुधाई भइरहेको छ । पहिलो महोत्सव होटल तथा रेष्टुरन्ट व्यावसायी समितिले लगाएको हो । दोस्रो महोत्सव चन्द्रौटा उद्योग  वाणिज्य संघले आयोजना गरी सफल वनायो भने तेस्रो महोत्सवमा ठुलो विवाद निस्कीयो । 


व्यापार संघ कपिलवस्तुले लगाउने निर्णय गरेको हुदा तेस्रो महोत्सवमा उद्योग वाणिज्य संघले विरोध गर्यो । विभिन्न छलफल पछी निर्णय हुदै महोत्सव व्यापार संघले नै लगाउने सहमती गरीयो । चौथो चन्द्रौटा महोत्सव विवाद रहित रहदैँ उद्योग वाणिज्य संघले आयोजना गरी सफल गरायो ।

पाचौ महोत्सवको विषयमा व्यापार संघ कपिलवस्तुले मंसीर ६ गते देखी आयोजना गर्ने निर्णय गरी पत्रकार सम्मेलन समेत गरेर मिति सार्वजनिक गर्यो । यता उद्योग वाणिज्य संघले भने विरोध स्वरुप स्थानिय तह र प्रशासनलाई ध्यानकर्षण गराएको छ । तेस्रो चन्द्रौटा महोत्सव आयोजना गर्दा गरेको सहमती कार्यन्वयन नगर्दा ध्यानकर्षण गर्नुपरेको संघका कार्यवाहक अध्यक्ष ईश्वरी पाण्डेले वताए ।

पाण्डेले दुई संस्था विच बिगतमा समझौता भएकोले सोहि सहमति र समझौता अनुसार अघि बढ्नु पर्ने वताए । हामीले मात्र ब्यापार मेला गर्नु पर्छ भन्ने होईन तर एक पटक समवन्य हुनु पर्ने हो उनले भने । संस्थाको पहिचान र गरिमाका लागी हामीले यो कदम उठाएका हौ । व्यापार संघ कपिलवस्तु एक त जिल्लाको सस्था भएकोले अन्य ठाउमा गर्ने अधिकार रहदा रहदै पनि चन्द्रौटामा प्रत्येक वर्ष विवादमा मुछिन आएको वताए । शिवराज नगरपालिका भित्र मात्र काम गर्ने अनुमती रहेको उद्योग वाणिज्य संघले यस क्षेत्रमा लाग्ने मेला महोत्सवमा उद्योग वाणिज्य संघ सग समन्वयन गरेर गर्नुपर्ने धारणा राख्दै आएको छ । 

का.अध्यक्ष पाण्डेले भने “२०७३ कात्तिक १२ गतेका दिन भएको सहमती व्यापार संघले कार्यन्वयन गरेन्” ।

उता व्यापार संघ कपिलवस्तुका महादेव पोख्रेल भने पत्रकार सम्मेलन पश्चात तयारीको लागी काठमान्डौ पुग्नुभएको छ । महोत्सव कसैको एकलौटी नभएको वताउदै कसैले सिन्डेकेटको अवधारणा ल्याउछ भने आफुले त्यसको विरोध गर्ने जनाए । सर्वदलीय सहमती जनप्रनिधि आएपछी लागु नहुने अध्यक्षको पोख्रेलको भनाई छ ।आफनो संस्था पनि दिर्घकालिन समस्या समाधानका लागी आवश्यक छलफल गर्न तयार रहेको भन्दै कसैले महोत्सवलाई पेवा गराउन खोज्नेको विरोध गर्ने जनाए ।पाचौ चन्द्रौटा महोत्सवको तयारी तिव्र रुपमा भइरहेकोले सवैले सहयोग गर्न अध्यक्ष पोख्रेलले अपिल गरे ।

महोत्सव आयोजनका बिषयमा अघिल्ला सहमतिको अवहेलना भएको भन्दै उद्योगा वाणिज्य संघले शिवराज नगरपालिका,इलाका प्रशासन कार्यलय चन्द्रौटा ,वडा न ५ को कार्यलय चन्द्रौटामा ज्ञापन पत्र वुझाएको छ ।ज्ञापन पत्र वुझदै शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले महोत्सवको दर्घकालिन समाधानको बाटो खोज्नु पर्ने  वताए । नगरपालिकाकै सान महोत्सवलाई सवैले मिलेर भव्य रुपमा सम्पन्न गर्ने समयमा विवाद ल्याउनु गलत भएको अधिकारीले वताए ।व्यापार संघ र उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सग पनि छलफल गरी यसको समाधानको वाटो अपाउने वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा