२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दुबै मृगौला फेल भएका वालिकालाई ३७ हजार आर्थिक सहयोग

१९ भाद्र २०७५, मंगलवार १२:०४

चिसाङ शेर्पा | भदौ १९, खोटाङ | दुबै मृगौला फेल भएका वालिकालाई आर्थिक सहयोग गरीएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कांडेका ९ वर्षीय सुस्मिता विश्वकर्मालाई थप उपचारका लागि ३७ हजार बढी आर्थिक सहयोग गरिएको छ । बैदेशिक रोजगार सरोकार समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, स्वीस ईन्टरकोअपरेशन नेपाल हेल्भेटास, सुरक्षित आप्रावासन परियोजना सामी, वालसेवा समाज नेपालको संयुक्त सहकार्यमा संकलित ३७ हजार १ सय २५ रुपैयाँ आर्थिक सहयोग गरिएको बैदेशिक रोजगार सरोकार समाज दिक्तेलले जनाएको छ ।


सोमबार र मंगलबार दिक्तेल बजारमा संकलन गरिएको रकम सोही दिन दिउँसो एक कार्यक्रमको आयोजना गरी रोगी बालिका सुस्मिता, बालिकाको आमा लक्ष्मी विश्वकर्मालाई बैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राई, सुरक्षित आप्रवासन परियोजना (सामी) जिल्ला संयोजक भक्तकुमार राई, बालसेवा समाज नेपालका अध्यक्ष चन्द्रकला भुजेलले सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम संकलनमा बैदेशिक रोजगार सरोकार समाजले मुख्य भूमिका निर्वाह गरेको थियो । सरोकार समाजले २६ हजार ४ सय २५ र सामी समुहले ७ हजार ७ सय तथा हस्तान्तरण कार्यक्रममा अन्य तीनजनाले तीन हजार सहयोग गरेको थियो । 


वाल्यकालमा नै दुबै मृगौला रोगको शिकार बनेकी बालिका सुस्मिताको यसअघि पनि पाँच वर्षको उमेरमा मृगौलामा समस्या आएको र उपचारपछि ठिक भएको थियो । तर, साउन १५ गतेबाट भने, दुवै मृगौला फेल भएको उपचारमा संलग्न चिकित्सकले बताएको मामा भलकाजी विश्वकर्माले बताए । आर्थिक अवस्था कमजोर भएको सुस्मिताको बुबा बैदेशिक रोजगारीको सिलसिलामा बिगत ९ वर्षदेखी मलेसियामै गायब भएका छन् । 

हिलसाईड स्याम्पल एकेडेमीको शाखा मुढेमा कक्षा दुईमा अध्ययनरत बालिकाको मृगौला फेल भएकै कारण पढाई बन्द भएको छ । उपचारका लागि भएभरको पैसा सकिएको तर, छोरी ठिक नभएपछि परिवार चिन्तित बनेकोे छ । उपचारमा धेरै खर्च हुंदा परिवार ऋणमा डुबेको छ । दुवै मृगौला फेल भएकी सुस्मिता हाल कान्ती वाल अस्पताल काठमाण्डौका चिकित्सकको निगरानीमा रहेर मंसिर २ गतेसम्मका लागि औषधी खाईरहेका छन् ।

रकम अभावमा अस्पतालमा बस्ने स्थिती नभएपछि आइतबारदेखी छोरीलाई लिएर घरमा आएको सुस्मिताको आमा लक्ष्मीले बताईन् । सुस्मिताको देव्रे मृगौलाले ७५ प्रतिशत र दाहिने मृगौलाले १० प्रतिशत काम गरिरहेको छ । चिकित्सकका अनुसार बालिकाको देव्र मृगौला अपरेशन गर्नुपर्ने र दाहिने मृगौला झिकेर फाल्नुपर्ने छ । अपरेशन तथा मृगौला झिकेर फाल्नलाई साढे दुई लाखदेखी तीन लाखसम्म लाग्ने परिवारले जनाएको छ । भएभरको पैसा सकिएपछि परिवारले छोरी बचाईदिन सबैसँग अपिल गरेको छ । सुस्मिता बचाउका लागि साउदी, दुवाई र कतारमा आफन्तको सहयोगमा रकम संकलन भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य