सास । भदौ २०,बर्दिया ।

प्राविधिक शिक्षामा आफ्नो अलग्गै पहिचानका साथ अगाडि बढेको बर्दियाकै पहिलो नर्सिङ पढाइ हुने कलेज भेरी कलेज अफ मेडिकल साइन्सले पिसिएल नर्सिङको २०७५ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि आज अनुशिक्षण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ २०,बर्दिया ।

प्राविधिक शिक्षामा आफ्नो अलग्गै पहिचानका साथ अगाडि बढेको बर्दियाकै पहिलो नर्सिङ पढाइ हुने कलेज भेरी कलेज अफ मेडिकल साइन्सले पिसिएल नर्सिङको २०७५ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि आज अनुशिक्षण"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नर्सिङ विद्यार्थीलाई अनुशिक्षण

२० भाद्र २०७५, बुधबार १६:१५

सास । भदौ २०,बर्दिया ।

प्राविधिक शिक्षामा आफ्नो अलग्गै पहिचानका साथ अगाडि बढेको बर्दियाकै पहिलो नर्सिङ पढाइ हुने कलेज भेरी कलेज अफ मेडिकल साइन्सले पिसिएल नर्सिङको २०७५ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि आज अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


यसै वर्ष तेस्रो वर्षको अध्ययन सम्पन्न गरेका पहिलो व्याचका विद्यार्थीहरुलाई केही दिन अघि विदाई कार्यक्रम गरिएको थियो भने प्रत्येक वर्ष नर्सिङ्ग कोर्सका बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक सुधारक मिश्रले नर्सिङ पेशा जति आकर्षक छ उत्तिकै चुनौतिपूर्ण रहेको बताउनुहुँदै कलेजमा अध्ययन गरेर गएका सबै विद्यार्थीहरु सक्षमतापूर्वक कुनै न कुनै रोजगारीमा आवद्ध भएको बताउनुभयो ।

यसैगरी सस्थापक तथा प्रशिक्षक डा. निशान्त मिश्राले नर्सिङ विषयमा लगनशीलता, अनुशासन र मिहिनेत भएन भने सफलता प्राप्त नहुने भएकोले नव आगन्तुक विद्यार्थीहरुलाई कडा अनुशासित भएर कडा मिहिनेत गर्नका लागि आग्रह गर्नुभयो ।


यसैगरी प्रिन्सिपल गंगा पौडेलले उपस्थित सबै विद्यार्थी तथा अभिभावकहरुलाई स्वागत गर्नुहुँदै कलेजमा प्रशिक्षकहरुको टिम अनुभवी तथा दक्ष भएकोले पठनपाठन अत्यन्तै गुणस्तरीय रहेको बताउनुहुँदै अभिभावकहरुलाई यहाँको गुणस्तरीयताको बारेमा ढुक्क हुन आग्रह गर्नुभयो । प्रशिक्षक प्रभात सुवेदीले भेरी कलेजले विद्यार्थीहरुका लागि सैद्धान्तिक ज्ञानको साथसाथै व्यवहारिक तथा प्रयोगिक ज्ञानलाई प्राथमिकता दिने भएकोले पनि यहाँको शैक्षिक स्तरमा विद्यार्थीहरु अब्बल हुने बताउनुभयो । 

कलेजका प्रवन्ध निर्देशक सुधाकर मिश्रको सभाध्यक्षतामा सम्पन्न अुनुशिक्षण कार्यक्रमको सहजीकरण प्रशिक्षक किरण खनालले गर्नुभएको थियो ।

कलेजले सिटिइभिटीबाट सम्बन्धन लिई प्राविधिक धारका विभिन्न विषयहरुमा कक्षा सञ्चालन गर्दै अाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै