सास । भदौ २०,बर्दिया ।

प्राविधिक शिक्षामा आफ्नो अलग्गै पहिचानका साथ अगाडि बढेको बर्दियाकै पहिलो नर्सिङ पढाइ हुने कलेज भेरी कलेज अफ मेडिकल साइन्सले पिसिएल नर्सिङको २०७५ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि आज अनुशिक्षण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ २०,बर्दिया ।

प्राविधिक शिक्षामा आफ्नो अलग्गै पहिचानका साथ अगाडि बढेको बर्दियाकै पहिलो नर्सिङ पढाइ हुने कलेज भेरी कलेज अफ मेडिकल साइन्सले पिसिएल नर्सिङको २०७५ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि आज अनुशिक्षण"/>

2026-09-14 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नर्सिङ विद्यार्थीलाई अनुशिक्षण

सास । भदौ २०,बर्दिया ।

प्राविधिक शिक्षामा आफ्नो अलग्गै पहिचानका साथ अगाडि बढेको बर्दियाकै पहिलो नर्सिङ पढाइ हुने कलेज भेरी कलेज अफ मेडिकल साइन्सले पिसिएल नर्सिङको २०७५ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि आज अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


यसै वर्ष तेस्रो वर्षको अध्ययन सम्पन्न गरेका पहिलो व्याचका विद्यार्थीहरुलाई केही दिन अघि विदाई कार्यक्रम गरिएको थियो भने प्रत्येक वर्ष नर्सिङ्ग कोर्सका बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक सुधारक मिश्रले नर्सिङ पेशा जति आकर्षक छ उत्तिकै चुनौतिपूर्ण रहेको बताउनुहुँदै कलेजमा अध्ययन गरेर गएका सबै विद्यार्थीहरु सक्षमतापूर्वक कुनै न कुनै रोजगारीमा आवद्ध भएको बताउनुभयो ।

यसैगरी सस्थापक तथा प्रशिक्षक डा. निशान्त मिश्राले नर्सिङ विषयमा लगनशीलता, अनुशासन र मिहिनेत भएन भने सफलता प्राप्त नहुने भएकोले नव आगन्तुक विद्यार्थीहरुलाई कडा अनुशासित भएर कडा मिहिनेत गर्नका लागि आग्रह गर्नुभयो ।


यसैगरी प्रिन्सिपल गंगा पौडेलले उपस्थित सबै विद्यार्थी तथा अभिभावकहरुलाई स्वागत गर्नुहुँदै कलेजमा प्रशिक्षकहरुको टिम अनुभवी तथा दक्ष भएकोले पठनपाठन अत्यन्तै गुणस्तरीय रहेको बताउनुहुँदै अभिभावकहरुलाई यहाँको गुणस्तरीयताको बारेमा ढुक्क हुन आग्रह गर्नुभयो । प्रशिक्षक प्रभात सुवेदीले भेरी कलेजले विद्यार्थीहरुका लागि सैद्धान्तिक ज्ञानको साथसाथै व्यवहारिक तथा प्रयोगिक ज्ञानलाई प्राथमिकता दिने भएकोले पनि यहाँको शैक्षिक स्तरमा विद्यार्थीहरु अब्बल हुने बताउनुभयो । 

कलेजका प्रवन्ध निर्देशक सुधाकर मिश्रको सभाध्यक्षतामा सम्पन्न अुनुशिक्षण कार्यक्रमको सहजीकरण प्रशिक्षक किरण खनालले गर्नुभएको थियो ।

कलेजले सिटिइभिटीबाट सम्बन्धन लिई प्राविधिक धारका विभिन्न विषयहरुमा कक्षा सञ्चालन गर्दै अाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले