Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरहामा एक युवतीमाथि सामुहिक बलात्कार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २१, सिरहा | सिरहाको मिर्चैया बजारमा एक युवतीलाई तीनजनाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ। प्रहरीले उक्त घटनाका मुख्य अभियुक्त मिर्चैया नगरपालिका ५ का रितेश साहलाई पक्राउ गरेको जनाएको छ।

उदयपुर जिल्लाकी ती युवती भदौ ११ गते उपचारका लागि मिर्चैया आएकी थिइन्। साँझको गर्मी छल्न पार्कमा घुम्दै गरेकी उनलाई साहसहितका तीनजाले आँप बगैंचामा लगेर सामूहिक बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै मिर्चैया प्रहरी प्रमुख डिएसपी दीपेन्द्र साहले बताए।

घटना भएको ७ दिनपछि १८ गते इलाका प्रहरी कार्यालयमा पीडित युवतीले जाहेरी दर्ता गराएकी छन्। जाहेरीको आधारमा आरोपित साहलाई पक्राउ गरेको डिएसपी साहले बताए।

अन्य आरोपितहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए। प्रहरीले तीनैजनाविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ।