२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो हाटबजार (फोटो फिचर)

२०७५, २१ भाद्र बिहीबार १५:१४

चिसाङ शेर्पा | भदौ २१, खोटाङ | जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तेश्रो हाटबजार सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर दुई डाडाँगाउस्थित विर्ता गुरुङडाडाँमा विहीबारे हाटबजार सुरुवात भएको हो ।

गाउँपालिकाको विभिन्न स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु स्थानीय स्तरमै विक्री वितरण गर्ने उद्देश्यले निर्मित हाटबजारको बिहीबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले रिवन काटेर उद्घाटन गरेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ मा बिनियोजित दुई लाख लगानीमा निर्माण भएको हटियामा ३६ वटा स्टल रहेका छन् ।


स्थानिय वागधन राईको जग्गामा निर्माण गरिएको हाटबजारमा हालका लागि अस्थायी चर्पी र एकवटा गोसखाना रहेको हाटबजार व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष शरण कुमार राईले बताए । केही समयअघि सञ्चालनमा आई वन्द भएको हाटबजारलाई गाउँपालिकाले पुनः व्यवस्थित ढंगले सुचारु गराएको हो । यसअघि गाउँपालिकाको सप्तेश्वर छितापोखरीस्थित पञ्चमीबजारमा सोमबार र टेम्मामा शनिवार हाट लाग्दै आएको छ । 


बजार उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख राईले सबैको सहयोग र सहकार्यमा निर्मित बजारलाई निरन्तरता दिनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताएका छन् । स्थानीयवासीहरुको भोटले आफू निर्वाचित भएको स्मरण गराउदै गाउँपालिकाको साख राख्ने काममा निडर भएर लाग्ने बताए ।


तश्विरमा: बजार उद्घाटन गर्नुहुदैं दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राई । तस्विर: चिसाङ शेर्पा  





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित