२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट, बैतडी र काठमाडौंमा बेहोस् भएर ३ जनाको मृत्यु

२२ भाद्र २०७५, शुक्रबार ०७:४५

भदौ २२, काठमाडौँ । बिहीबार एक्कासी बेहोस भएर ३ जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट धादिङ जाने बसमा सवार नुवाकोट कुमारी गाउँपालिका–३ घर भई धादिङ धुनिबेशी गाउँपालिका–४ बस्ने ६५ वर्षीय जयबहादुर तामाङ चन्द्रागिरी नगरपालिका–१२ स्थित सानो मन्दिरमा पुग्दा अचानक बेहोस भएका थिए । 

तामाङलाई उपचारको लागि ओम समाज अस्पताल सतुंगल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी अचानक बेहोस भएका ७४ वर्षीय सुदाकार बाबु वानीको केएमसी अस्पताल सिनामंगल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 

भारत महाराष्ट्र घर भएका वानी काठमाडौं महानगरपालिका–९ तिलगंगा स्थित होटल सुनौलो ईनको कोठा नम्बर ४०५ मा बस्दै आएका  थिए ।

यस्तै बैतडी पाटन नगरपालिका–६ लामातोला बस्ने ४५ वर्षीय बलदेव अवस्थी पाटन बजारबाट घर फर्कने क्रममा खोडपे भन्ने स्थानमा बेहोस अवस्थामा फेला परेकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य