२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट, बैतडी र काठमाडौंमा बेहोस् भएर ३ जनाको मृत्यु

२०७५, २२ भाद्र शुक्रबार ०७:४५

भदौ २२, काठमाडौँ । बिहीबार एक्कासी बेहोस भएर ३ जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट धादिङ जाने बसमा सवार नुवाकोट कुमारी गाउँपालिका–३ घर भई धादिङ धुनिबेशी गाउँपालिका–४ बस्ने ६५ वर्षीय जयबहादुर तामाङ चन्द्रागिरी नगरपालिका–१२ स्थित सानो मन्दिरमा पुग्दा अचानक बेहोस भएका थिए । 

तामाङलाई उपचारको लागि ओम समाज अस्पताल सतुंगल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी अचानक बेहोस भएका ७४ वर्षीय सुदाकार बाबु वानीको केएमसी अस्पताल सिनामंगल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 

भारत महाराष्ट्र घर भएका वानी काठमाडौं महानगरपालिका–९ तिलगंगा स्थित होटल सुनौलो ईनको कोठा नम्बर ४०५ मा बस्दै आएका  थिए ।

यस्तै बैतडी पाटन नगरपालिका–६ लामातोला बस्ने ४५ वर्षीय बलदेव अवस्थी पाटन बजारबाट घर फर्कने क्रममा खोडपे भन्ने स्थानमा बेहोस अवस्थामा फेला परेकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते