२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेका बाढीपीडितमा स्वास्थ्य समस्या

२३ भाद्र २०७५, शनिबार ११:५६

भदौ २३, बाँके । बाँकेका बाढीपीडितमा आँखा, कान र पेट दुख्ने समस्या देखिएको छ । बाढीपीडितलाई लक्षित गरी राप्ती सोनारी गाउँपालिकाअन्तर्गत डुबान क्षेत्रमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचारार्थ आएका बाढीपीडितमा यस्तो समस्या देखिएको हो ।

नेपाली सेनाको बाँके राष्ट्रिय निकुञ्जस्थित श्रीमेहर गण र विभिन्न सामाजिक संस्थाको समन्वयमा बाढीबाट प्रभावितलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरमा उपचारको लागि आएका अधिकांशमा आँखा, कान र पेट दुख्ने, समस्या देखिएको उपचारमा सैनिक अस्पतालबाट खटिनुभएका डा विजय केसीले बताए । खानेपानीको समस्याले आँखा कान र पेट दुख्ने समस्या भएको हुन सक्ने उनको अनुमान छ ।

राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको टिकुलीपुर र वडा नं ४ वैजापुरको धामपुरमा शिविर सञ्चालन गरिएको छ । टिकुलीपुरकी नन्दकली विकले निःशुल्क उपचार गर्न पाएकामा खुशी व्यक्त गरिन् । अस्पताल जान समय ननिकालेका बैजापुरका प्रितिराम थारुले पनि आज गाउँमै स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा सामान्य चिकित्सा र बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ, गत वर्षको बाढीले क्षति पुर्याएका बाढीपीडितलाई लक्षित गरी शिविर आयोजना गरिएको श्रीमेहर गणका प्रमुख सेनानी वासुदेव धिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो