२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमतीलाई थाहा नै नदिई श्रीमानले सम्बन्ध विच्छेद गरेपछि…

२०७५, २५ भाद्र सोमबार ११:००

भदौ २५, स्याङ्जा | श्रीमान्-श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वाभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिई सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ। 

आफूलाई थाहा नै नदिई श्रीमान्‌ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी छन्। 'मलाई थाहा नै नदिई कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो,' उनले रुँदै भनिन्। भीरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराएकी हुन्। उनले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए।

श्रीमान्‌ले कुटपिट गर्ने, खान लाउन नदिई राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएको उनको भनाइ छ। 'दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र असार ११ गते जिल्ला अदालतमा छोरीले अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्ध विच्छेद भइसकेको कुरा थाहा पाएँ,' उनले भनिन्।

२०४४ सालमा मागी विवाह भएकामा भारतीय सेनामा कार्यरत श्रीमान्‌ले ०४६ मा अर्की विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको पीडितको भनाइ छ। 

कुटपिट गर्ने गरेपछि पोखरा बस्दै आएकामा बिरुवा अर्चले– ६ का राजेन्द्र अधिकारीसँग २०५५ फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुठो विवरण बनाई अदालतले स्वतः सम्बन्ध विच्छेदको फैसला गरेको   भन्दै मीनाकुमारीले आफूले न्याय पाउनुपर्ने बताइन्।

उक्त अदालतका स्रेस्तेदार आचार्यले अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मीनाकुमारी क्षेत्री घरजग्गा बिक्री गरी अन्यत्र गएकाले पिपलको रुखमा सूचना टाँस गरिएको बताए। 'अदालतबाट दोस्रो पटक एक दैनिकमा २०७३ पुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र २०७४ बैसाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको थियो,' उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने