Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका १९ वडा सचिवविहीन

२०७५, २५ भाद्र सोमबार ११:०८

भदौ २५, दाङ | जिल्लाका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन्। 

शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन्। दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुवै उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन्। लमही नगरपालिकाका नौ वडामध्ये १, २, ४, ५ र ९ नं वडा सचिवविहीन छन्। 

सचिव नआएको अवस्थामा ती वडामा अहिले करारमा नियुक्त भएका कर्मचारीले काम चलाइरहेको र केही वडामा खरिदारलाई सचिवको जिम्मा दिइएको लमही नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो। गढवा गाउँपालिकाको तीन वडा सचिवविहीन छन्। ती वडा हेर्ने जिम्मेवारी लेखापाललाई दिइएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए। राजपुर गाउँपालिकाका पाँच वडा सचिवविहीन छन्। 

यस्तै राप्ती गाउँपालिकाका दुई वडामा मात्रै सचिव कार्यरत छन् भने सात वडा अझै सचिवविहीन छन्। सचिव नपुगेका सबै ग्रामीण भेगका वडा हुन्। कुनैमा खरिदारलाई वडा सचिवको जिम्मेवारी दिइएको छ भने कुनैमा एउटै सचिवले दुई वडा हेर्नुपर्ने बाध्यता छ। 'वडाको कार्य सम्पादन गर्न समस्या भएको छ,' बङ्गलाचुली गाउँपालिकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले भन्नुभयो। वडा सचिव नहुँदा योजना तर्जुमा गर्न, वडाको रिपोर्टिङ गर्न, वडा कमिटीको बैठक गर्न, पञ्जिकरणलगायतका काम गर्न समस्या भएको छ। स्थानीय तहले जनप्रतिनिधि पाएको डेढ वर्ष बिते पनि वडामा कर्मचारी नपुग्दा काम गर्न कठिनाइ भएको छ। (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ