Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरमा फेरि अर्की १० वर्षीया बालिका बलात्कृत

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २७, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै सोहि जिल्ला कञ्चनपुरमा फेरि अर्की १० बर्षीय बालिका बलात्कृत भएकी छन् ।

कंचनपुरको महाकाली नगरपालिका–४, सुर्खेती टोलकी १० वर्षीय बालिका बलात्कारको सिकार भएकी हुन् । प्रहरीले बालिका बलात्कारको आरोपमा स्थानीय ४० वर्षीय आइते सुनारलाई पक्राउ गरेको छ ।

बलात्कारको घटना थाहा पाए लगत्तै परिचालित प्रहरीले उनलाई पक्राउ गरेको छ । घटना लगत्तै कंचनपुरको दोधाराबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गर्न सफल भएको हो ।

आरोपी ४० वर्षीय आइते सुनार धानबारीमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।