२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा नगर क्षेत्रलाई मदिरा निषेधित गर्न सरोकारवालाहरुसँग छलफल

२८ भाद्र २०७५, बिहीबार ११:०८

सम्राट सिंह | भाद्र २८, बझाङ | जिल्लामा मदिराका कारण हत्या, महिला हिंसा, कुटपिट लगायतका घटनामा बृद्धि भएको भन्दै जयपृथ्वी नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्रमदिरा निषेधित सम्बन्धि सरोकारवालाहरुसँग छलफल गरेको छ ।

मदिराका कारण समाजमा विकृति फैलिएको भन्दै जयपृथ्वी नगरपालिकाले आजमदिरा निषेध सम्बन्धि सरोकारवालाहरुसँग छलफल गरेको हो ।

छलफल कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र सिंहले मदिराका कारण जिल्लामा महिला हिंसा, कुटपिट, चोरी डकैति लगायतका जगन्य अपराधका घटनाहरु पनि मदिराका कारण नै हुने भएकाले सबै व्यापारीहरुलाई मदिरा निषेधमा सहयोग गरिदिन आग्रह गरे । यस्तै नगरपालिकावडा नम्बर ५ का वडा अध्यक्ष डम्मर बहादुर सिंहले मदिरालाई एक्कासी निषेध गर्न सम्भव नभएकाले नियन्त्रण गर्न जोड दिए । यस्तै वडा नम्बर १ मा जिल्ला सभाले निर्णय गर्नुभन्दा अगाडि नै मदिरा निषेधित वडा घोषणा भइसकेको छ । छलफलमा बहुमत सदस्यहरुले मदिरा निषेध गर्नुपर्नेमाजोड दिएकाथिए ।

मिति २०७५ भाद्र १६ गतेको जिल्ला सभाको दोस्रो बैठकले बझाङ जिल्लालाई  नै मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेपछि बझाङ उद्योग बाणिज्य संघले विभिन्न आन्दोलनका चरणहरु घोषणा गरेका छन ।आज नगरपालिकाको कार्यालयमा आयोजना गरेको छलफलमा उद्योग बाणिज्य संघ बझाङका कोषाध्यक्ष शिवराज बोहराले सरकारलाई राजश्व बुझाई बैधानिक तरिकाले मदिरा व्यापार गरिरहेका व्यापारीहरुलाई जानकारी नदिई एक्कासी मदिरा निषेध गर्ने निर्णय गरेकाले आपत्तीजनाएका छन । उनले जिल्ला सभाले मदिरा निषेध गर्ने निर्णय तत्काल सच्याउनमाग राखेका छन । छलफलमा उपस्थित सम्पूर्ण व्यापारीहरुले मदिरा निषेध भन्दानि नियन्त्रण तर्फ जान उपयुक्त हुने जानकारी दिएकाथिए । 

जिल्ला सभाको निर्णय कार्यान्वयनगर्दै जगपृथ्वी नगरपालिकाले पनि मदिरा व्यापारीहरुलाई जिल्लामा भित्रिएको मदिरा व्यपस्थापनगर्न जानकारी दिएको छ । 

उद्योग बाणिज्य संघ बझाङको एक टोलीजिल्ला सभाले व्यापारीहरुको हितविपरित निर्णय गरेको भन्दै अदालतको ढोका घच्घच्याउन पुवरावेदनअदालत डोटी पुगेको छ ।

जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीको अध्यक्षतामा भएको छलफलमा मेयर बिरेन्द्र बहादुर खडकाले पनिमदिराले जिल्लालाई हानीनोक्सानी गरेको भन्दै मदिरा निषेधितगर्न सबैको सहयोग चाहिने बताए । उनले मदिरा निषेध गरे मात्र पनि जिल्लामा हुने अपराधिक घटनामा पनिकमी आउने छ ।

आज संञ्चालन भएको छलफलमा आफुलाई अन्याय भएको भन्दै उद्योग बाणिज्य संघको टोली कानुनको बाटो घच्घच्याउन अदालत पुगेकाले अदालतको आदेश पर्खिने र अदालतको आदेश पश्चात फेरी सरोकारवालाहरुसँग छलफल गर्ने जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो