Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तिज कार्यक्रम हेर्न गएका एक बालक मृत फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सम्राट सिंह | भदौ २८, बझाङ | बझाङ जिल्लाको छविस पाथिभेरा गाउँपालिकामा तिज कार्यक्रम हेर्न गएका एक बालक मृत फेला परेका छन् ।

घर नजिकै तिज कार्यक्रम हेर्न गएका छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका ८ वर्षीय छोरा कुशल बोहरा बिहिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी प्रविण धितालले बताए ।

प्रहरी टोली घटनास्थल पुगि सकेको र घटना कसरी घट्न गयो । थप अनुसन्धान भइरहेको उनको भनाइ छ । बालकको शव हत्या गरेर मकै बारीमा फालेको अवस्थामा बिहिवार दिउँसो फेला परेको मृतकका आफन्तहरुले जनाएका छन ।

मृत फेला परेका कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कूलमा यूकेजीमा अध्ययनरत विद्यार्थी हुन । मृतक कुशलको टाउँकोमा गम्भीर चोट देखिएकाले कसैले उनको हत्या गरेको हुनसक्ने आसंका गरिएको छ ।