२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भारी लोडका सवारी चलाएर लिखु -४ ले सडक बिगारेको भन्दै स्थानीयद्वारा सडक अबरुद्ध

२९ भाद्र २०७५, शुक्रबार १५:१८

प्रज्वल पौडेल । भदौ २९, काठमाण्डौ । रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका २ सैपूमा स्थानीयले बिहीबारबाट सडक अवरुद्ध गरेका छन् । लिखु ४ जलविद्युत आयोजनालाई पटक-पटक बाटो मर्मत सम्भार गर्न अनुरोध गर्दा समेत बेवास्था गर्दै भारी लोडका मालबाहक सवारी साधन चलाएर बाटो बिगारेको भन्दै स्थानीयले वडा कार्यालयदेखि ढाँडेसम्मको सडकखण्ड अवरोध गरेका हुन् ।


बाटो खुलाउन शुक्रबार प्रहरी आएपनि आयोजनाले बाटो मर्मत नगरेसम्म सवारी संचालन गर्न नदिने अडान स्थानीयबासीले राखेपछि बार्ता असफल भएको स्थानीय राजन बस्‍नेतले जानकारी दिए । उनले भने- 'धोबी – सिरिसे – ढाँडे सडक एडिबीले बनाउदै गरेको र वर्षादका कारण सडक बिग्रिएपछि धोबी – दिलौरी- सडकबाट मालसामान ओसारपसार गर्दै आएका थिए ।'


सडकको अवस्था नाजुक हुँदा समेत जनप्रतिनिधी र लिखु जलविद्युतले चासो नदेखाएको स्थानीयले बताएका छन् । उनीहरुले खानेपानीको लाइन विगारेको र सडकमा नाला नखनिएकाले बस्ती नै जोखिममा पर्ने अबस्था आएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको बताए । सडक अवरुद्ध भएपछी मालबाहक सवारी साधन सडकमा नै अलपत्र परेका छन् । 

'धोबी – सिरिसे – ढाँडे सडक भएर जाने भएपनि यस रुटबाट काठमाण्डौ आवतजावत गर्ने यात्रुबाहक बसलाई भने बिहीबार र शुक्रबार  स्थानीयले अवरोध गरेका छैनन् ।


यसैबीच धोबी–दिलौरी सैपु सडकखण्ड ६५ मिटर सडक ढलान गरेको महिना दिन नबित्दै भत्किन थालेको छ । उकालो सडक जोखिम ठाउँमा रहेकाले ढलान गरिएको भएपनि उक्त ढलान १ महिना नबित्दै चिरा पर्नुका साथै छेउको भागबाट भत्किन थालेको छ । डिभिजन सडक कार्यालय खुर्कोटसँग ६५ मिटर सडक ढलान गर्नका लागि १३ लाख रुपैयाँको ठेक्का आह्वान गरेकोमा  ७ लाख ३५ हजारमा सम्झौता गरेको दिनेश निर्माण सेवाले डल्ला परेको सिमेन्ट घनले फुटाएर सडकमा प्रयोग गरेको भन्दै यस सर्वत्र विरोध भएको थियो ।

ठेकेदारले मापदण्ड विपरीत कमसल निर्माण सामाग्री प्रयोग गरेको खुलासा भएपछि काम रोकिएको वडा अध्यक्ष पदमबहादुर तामाङले जानकारी दिए । उनले भने – 'सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग (धोबी– दिलौरी सैपु सडकमा डल्ला परेको सिमेन्टले ढलान गरेको खुलासा)  पाइएपछि काम रोक्न डिभिजन कार्यालय र ठेकेदारलाई अनुरोध गर्यौ नभन्दै सडक निर्माण भइनसक्दै  भत्किन सुरु गरेको छ । यस्तो लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको दायरामा हुनुपर्छ ।' सडक ढलानसँगै नाला निर्माण गर्नु पर्ने सम्झौता भए पनि नाला निर्माण नगर्नाले पनि वर्षादको पानीले बिगार्दै लगेको उनले बताए ।  

रामेछाप र आेखलढुङ्गाको सिमाना भएर बग्ने लिखु नदीमा हाल लिखु -३ र लिखु-४ जलविद्युत आयोजना संचालनमा रहेका छन् । बर्षादको समयमा बाटो अबरुद्ध हुँदा ढुवानीमा समस्या हुन थालेको छ । जलविद्युत लगानी कम्पनी ग्रिन भेन्चरले सुरुमा १ सय २० मेगावाट डिजाइन गरेको भएपनि हाल घटाएर ५२ दशमलव ४ मेगावाट विद्युत उप्पादन गर्ने गरी काम सुरु भएको छ ।ओखलढुंगा रगनी तर्फको सुरुङ मार्ग निर्माण गर्नको लागि विष्फोटक पदार्थ मार्फत सुरुङ निर्माणको कार्य अगाडि बढिरहेको छ ।

तस्बिर/ राजन बस्‍नेतको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान