2026-10-29 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बढिघाट खोला थुनिएर ताल बनेपछि…

प्रेम सुनार | भदौ ३०, बुटवल । ईतिहास मै पहिलो पटक गए राति ११ बजे देखि बाग्लुङ्ग र गुल्मीको  सिमानामा रहेको बढिघाट खोला थुनिएर ताल बनेको छ ।  बडिघाट गाउँपालिका तुरतुरेको पाहडबाट गएको पहिरोले बडिघाट खोला पुरेर ताल बनेको हो । उक्त कुरा जानकारी पाई बाग्लुङ्गका प्रमुख जिल्ला आधिकारी वेदप्रसाद खरेल , नेपाली सेनाका कर्णेल , जिल्ला प्रहरी प्रमुख लगायतका सुरक्षा निकायका प्रमुखहरु गए राती नै घटना स्थलमा पुगेका थिए । मध्येरात मै प्र.जि.अं खरेलले फोनमा भने–‘ हामी घटना स्थलमा जाँदैछौ , ताल फुटेर तल खोला किनारबा वासीन्दालाई सुरक्षित स्थानमा जान मिडियाबाट सचेत गराई दिनु पर्यो  ।घटना स्थलमा पुगेका सहकर्मी दिनेश शर्मा संग सम्पर्क राख्दा अहिले विहान एउटा खोंचबाट पानी बग्न सुरु गरेको बताए । उनले यहि तरीकाले विस्तारै ताल फुटेमा जोखिम नहुने बताएका छन ।  ताल माथी जलमग्न भएको , केहि गाईहरु डुबेको भए पनि मानविय क्षतिबारे जानकारी नआएको जानकारी दिए । 

यता गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले पनि आफुहरु उक्त खबर प्राप्त भए देखि  सम्पुर्ण सुरक्षा निकायलाई उच्च सर्तकतामा राखेर बढिघाट खोला किनारका बासीन्दालाई सुरक्षित स्थानमा  लैजान सुरक्षाकमी खटाईएको जानकारी दिए । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले राती देखि नै सामाजिक सञ्जालमा सावाधानीका लागि सु–सुचित गरी रहेका छन । काठमाण्डौबाट काग्रेस नेता चन्द्र भण्डारी भन्छन म पनि उक्त खबर पाए देखि सामाजिक सञ्जाल मै छु । भुवाचिदीका रबिलाल पौड्याल र बाग्लुङ्गका मौसम केसीले रातैभर पलपलमा गराएको जानकारी प्रति म धन्यबाद दिन चाहन्छु ।  २०४० को दशक सम्म यता निस्तेखोला पनि पौदीअमराईको बाङ्गेको फुर्से पहिरोले थुनिएर करिब एक दशक सम्म सुन्दरताल बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ