2026-09-01 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बढिघाट खोला थुनिएर ताल बनेपछि…

प्रेम सुनार | भदौ ३०, बुटवल । ईतिहास मै पहिलो पटक गए राति ११ बजे देखि बाग्लुङ्ग र गुल्मीको  सिमानामा रहेको बढिघाट खोला थुनिएर ताल बनेको छ ।  बडिघाट गाउँपालिका तुरतुरेको पाहडबाट गएको पहिरोले बडिघाट खोला पुरेर ताल बनेको हो । उक्त कुरा जानकारी पाई बाग्लुङ्गका प्रमुख जिल्ला आधिकारी वेदप्रसाद खरेल , नेपाली सेनाका कर्णेल , जिल्ला प्रहरी प्रमुख लगायतका सुरक्षा निकायका प्रमुखहरु गए राती नै घटना स्थलमा पुगेका थिए । मध्येरात मै प्र.जि.अं खरेलले फोनमा भने–‘ हामी घटना स्थलमा जाँदैछौ , ताल फुटेर तल खोला किनारबा वासीन्दालाई सुरक्षित स्थानमा जान मिडियाबाट सचेत गराई दिनु पर्यो  ।घटना स्थलमा पुगेका सहकर्मी दिनेश शर्मा संग सम्पर्क राख्दा अहिले विहान एउटा खोंचबाट पानी बग्न सुरु गरेको बताए । उनले यहि तरीकाले विस्तारै ताल फुटेमा जोखिम नहुने बताएका छन ।  ताल माथी जलमग्न भएको , केहि गाईहरु डुबेको भए पनि मानविय क्षतिबारे जानकारी नआएको जानकारी दिए । 

यता गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले पनि आफुहरु उक्त खबर प्राप्त भए देखि  सम्पुर्ण सुरक्षा निकायलाई उच्च सर्तकतामा राखेर बढिघाट खोला किनारका बासीन्दालाई सुरक्षित स्थानमा  लैजान सुरक्षाकमी खटाईएको जानकारी दिए । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले राती देखि नै सामाजिक सञ्जालमा सावाधानीका लागि सु–सुचित गरी रहेका छन । काठमाण्डौबाट काग्रेस नेता चन्द्र भण्डारी भन्छन म पनि उक्त खबर पाए देखि सामाजिक सञ्जाल मै छु । भुवाचिदीका रबिलाल पौड्याल र बाग्लुङ्गका मौसम केसीले रातैभर पलपलमा गराएको जानकारी प्रति म धन्यबाद दिन चाहन्छु ।  २०४० को दशक सम्म यता निस्तेखोला पनि पौदीअमराईको बाङ्गेको फुर्से पहिरोले थुनिएर करिब एक दशक सम्म सुन्दरताल बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र