२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढ्यो, तीन दिन विद्यालय बन्द गरिने

३० भाद्र २०७५, शनिबार ०८:१६

भदौ ३०, राजविराज | सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद् क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमख वसन्त मिश्रले राससलाई जानकारी दिनभयो ।उक्त नगरपालिकाभित्र रहेका सबै विद्यालय बन्द गर्नुका साथै सबैलाई सजक र सर्तक रहन आग्रह पनि गरिएको छ । उक्त रोगबाट बढीमात्रा विद्यार्थीमा सङ्क्रमण हुन सक्ने भएकाले विद्यालय बन्द गरिएको र सङ्क्रमण नहटेसम्म विद्यालय बन्द जारी नै रहने उहाँले बताउनुभयो । 

उक्त नगरपालिकाका साथै हनुमाननगर कङ्कालिनी नगरपालिका र महादेवा गाउँपालिकामा सयौंजना अहिले ज्वरो र खोकीबाट पीडित हुन थालेपछि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गत भदौ २४ गतेदेखि गरिएको स्वास्थ्य शिविरमा २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा कञ्चनरुप नगरपालिका– ७ का हरिलाल साहलाई स्वाइन फ्लुको सङ्क्रमण देखिएको थियो । 

उक्त क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ’एचवानएनवान’ ९स्वाइन फ्लु० र ’एचथ्रिएनटु’ ९हङकङ फ्लु० को भाइरस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

सो रोगबाट कञ्चनरुप नगरपालिका– ४ की ६० वर्षीया भालसरदेवी सरदार र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल, कञ्चनरूप नगरपालिका– ७ का १४ वर्षीय दिवश बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको पनि मृत्यु भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य