2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

५७ वर्षीय वृद्दबाट ६ वर्षीय दुई बालिका बलात्कृत, यस्तो छ घटनाक्रम

भदौ ३०, कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडीमा ६ वर्षका दुईजना नाबालिकालाई बलात्कार गरेको आरोपमा ५७ वर्षका वृद्ध पक्राउ परेका छन् ।

बेल्डाँडी गाउँपालिका–२, ढकनियाका ६ वर्षीय २ बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५७ वर्षीय बृद्ध राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । विष्टले विद्यालय जाने क्रममा बालिकालाई ललाइफकाई बलात्कार गर्ने गरेको पीडित बालिकाकी आमाले बताइन |

‘मैले वैशाख १५ गतेबाट छोरीलाई स्कुल भर्ना गरेकी थिए’, पीडितकी आमाले भन्नुभयो, ‘त्यसले त्यही बेलादेखि नै छोरीलाई बलात्कार गर्ने गरेको रहेछ ।’

विस्तारै बालिकाले विद्यालय जान छोडेको र आफूले गाली गरेर पठाउँदा ५/६ वटा सुरुवाल लगाएर विद्यालय जाने गरेको उहाँले बताउनुभयो ।

‘स्कुलबाट आएपछि योनाङ्ग दुख्यो भन्दै रुन्थि’, उहाँले भन्नुभयो, ‘मैले सोचे ५/६ वटा सुरुवाल लगाएर जान्छे । त्यही भएर पाछ्यो होला ।’

‘त्यसले स्कुल नजाने कारण कहिल्यै पनि मसँग भनिन्’, उहाँले भन्नुभयो, ‘मलाई पनि त्यतातिर ध्यान गएन ।’ उहाँका अनुसार ती बालिकामाथि भएको यौन दुव्र्यवहार र बलात्कार गरेको बालिकासँगै जाने साथिले देखेकी रहिछिन् ।

‘त्यसले कहिल्यै पनि भनिन्, किन दुख्यो भनेर’, उहाँले भन्नुभयो, ‘तर, अस्ती मेरी छोरीसँग स्कुल जाने बालिकाको बहिनीले आफ्नी आमालाई एउटा मान्छेले दिदीलाई यस्तो गर्छ भनिछन् ।’

‘शुक्रबार गौरा हेर्न गएको बेला कताबाट त्यो कुरा बाहिर आएछ’, उहाँले भन्नुभयो, ‘मेरी सासूले सुनेपछि मेरी नातानीकी साथीको घरमा गएर म सोध्छु । त्यसले देखेकी छ कि भनेर भन्नुभएछ ।’

उहाँका अनुसार घरमा आएर सासूले आफ्नी नातिनीसँग साध्दा बालिकाले आफू र अर्की बालिकालाई बलात्कार हुने गरेको स्वीकार गरिन् । विष्टले बालिका विद्यालयबाट फर्किदा पसलमा कुरेर बस्ने र चाउचाउ, बिस्कुट दिएर बलात्कार गर्ने गरेको उहाँले बताउनुभयो ।

‘हामीले त हिजो राति ९ बजे मात्रै छोरीमाथि भएको बलात्कारको बारेमा थाहा पायौं’, पीडतकी आमाले भन्नभयो, ‘राति उजुरी गर्ने कुरै आएन् । शनिबार बिहान इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले त्यसलाई पक्राउ गरेको छ ।’

पीडित परिवारले घटनाबारे शुक्रबार थाहा पाएपछि विष्ट विरुद्ध शनिबार इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएका थिए । प्रहरीले नाबालिकालाई बलात्कार गर्ने राजेन्द्र विष्टलाई पक्राउ गरेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

गएको वैशाखको घटना भए पनि परिवारले शनिबार मात्रै उजुरी दिएकाले विष्टलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी कृष्णराज ओझाले बताउनुभयो । उहाँले बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ