Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

आजै टेन्डर आव्हान र आजै गल्कोट बन्द ?

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | भदौं–३०, गुल्मी ।  सुक्रबार साँझ बाग्लुङ्गको गल्कोट नगरपालिकामा एक ब्यवसायीलाई एउटा गिरोहबाट कुटपिट गरियो । प्रहरी प्रशासनले कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरी कानुनी कठघरामा उभ्याएको छ । आज आईतबार गल्कोट नगरपालिकाले एउटा टेण्डर खोल्दै छ । यहि बेलामा तिनै ब्यवसायी कुटिएको विरोधमा बन्द आव्हान गरिएको छ  ।

सुक्रवार राती गल्कोटक हटियाको लोकतान्त्रिक चोकमा आफ्नै डेरामा बसेका भारतिय नागरिक रामबाबु कुमार माथी  ठुलो समुहले निर्घात कुटपिट गरेका थिए । त्यस बिरुद्ध गल्कोट उद्योग बाणिज्य संघले कुटपिट  गर्नेहरुलाई तत्काल पक्राउ गरी कानुनी कठघरमा उभ्याउन माग गरेको थियो ।

बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल भन्छन–‘ सोही अनुरुप  प्रहरीले ६ जना मानिसहरु पक्राउ गरिेएको छ र अन्यलाई खोजी कार्य तिब्र परिएको छ , प्रशासनबाट कुनै कम्जोरी नभई रहेको बेला आज गल्कोट बन्द बारे मैले बुझ्न सकेको छैन । ’

गल्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णराज गौतमका अनुसार त्यस नगरपालिका वडा नम्वर ११ रिघाको घुसुमेखोला सिंचाई योजनाको आज १२ बजे डेण्डर आह्वानको दर्ता गरिदै छ  र २ बजे टेण्डर खोलिदै छ ।  आजै टेण्डर खोलिदै र आजै बन्द आव्हान गरिदै छ , यसलाई शुनियोजित रुपमा कुनै पक्षले कोहि छिर्न नपाओस् भन्ने नियत बोकेको आरोप पनि लगाएका छन नि ? भन्ने प्रश्नमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले भने–‘ यो तपाईको सुझाव हो कि टेण्डर सार्नु पर्छ भन्ने दवाव हो ? ’

होईन म सञ्चार माध्यममा आएका यस्ता आवाजहरु बारे सोध्धै छु भनेर परिचय दिई सके पछि उनले भने–‘ कुटपिट घटना अँस्ती भएको हो, जबकी टेण्डर एक महिना अघि नै खोलिएको हो । आजको बन्द र टेण्डर खोल्ने दिन किरो कराउनु र बाख्रो हराउनु भने जस्तै भएको हो । ’ यस सम्वन्धमा हामीले गल्कोट उद्योग बाणिज्य संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठ संग पनि सोधेका थियौं ।

उनले भने–‘ भने हामीले बिज्ञप्ती मार्फत कवाडी ब्यवसायी कुटिएको विरुद्धमा विज्ञप्ती मार्फत दोषिलाई कार्बाहीको माग र प्रशासनिक निकायलाई दवाव दिएको हो तर हामीले बन्द आह्वान गरेको होईन, यहाँका केहि युवाहरुले आफै गरेका हुन । श्रेष्ठले थपे–‘ आज कै दिन उद्योग वाणिज्य संघले बन्द आह्वान गर्दा जनमानसमा नकरात्मक असर पर्ने देखेर बन्द हड्ताल नगरेका हौं , यस बिषयमा हामी अहिले बैठक बस्दैछौं । ’

त्यहाँको एउटा ठुलो जमातले टेण्डर खोल्ने दिनलाई असर पुराउने नियतका साथ बन्द आव्हान  गरिएको भन्दै विरोध जनाएको छ । विगत लामो समय देखि ठेक्का पट्टामा हैकम जमाउँदै आएको गिरोहले अरु कसैलाई छिर्न नदिने नियतका साथ कवाडी ब्यवसायीको कुटपिट र विरोधको मौका छोपेको छ । बाग्लुङ्गको एक सरकारी निकायले पनि आजको बन्द आव्हान टेण्डर संग लक्षित भएको ठोकुवा गरेको छ ।