२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका पहिरोपीडितलाई राहत

२०७५, ३१ भाद्र आईतवार १०:५५

भदौ ३१, नुवाकोट | दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदी, चेताङका पहिरोपीडितलाई राहत वितरण गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय र दुप्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिले गाउँमै पुगेर पीडितलाई नगद राहत वितरण गरेका हुन् । पहिराको कारण घर पूर्णरुपमा क्षति भएका ११ परिवारलाई रु २० हजारका दरले रकम प्रदान गरिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिका तर्फबाट घर भत्किएका परिवारलाई रु १० हजार र गाउँपालिकाबाट रु १० हजारका दरले राहत दिइएको हो । 

पहिराले घर नभत्काएपछि जोखिमका कारण घर छाडेर विस्थापित २५ परिवारलाई गाउँपालिकाले जनही रु पाँच हजारका दरले राहत वितरण गरिएको छ । चेताङ पहिरोबाट विस्थापित भएकाहरुलाई नजीकैको घ्यावर चौरमा बस्ने र खाने बन्दोबस्त मिलाइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष तामाङका अनुसार बुधबार गएको पहिराले सयौंँ रोपनीमा खेती लगाइएको जग्गासमेत बगाएको छ । आठ किलोवाट, सात किलोवाट र पाँच किलोवाटका तीन लघु जलविद्युत् केन्द्र तथा स्थानीय मांगेन खोलामा रहेका तीन झोलुङ्गे पुलसमेत बगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते