Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा भूपू प्रहरी पक्राउ

२०७५, ३१ भाद्र आईतवार १७:१२

भदौ ३१, घोराही (रासस) | प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक भूपू प्रहरी प्रहरीको फन्दामा परेका छन् । 

दाङ जिल्लाको घोराही बजारमा मेट्रो सिटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आइरहेका भूतपूर्व प्रहरी कालीबहादुर लामालाई प्रक्राउ गरी आज सार्वजनिक गरिएको हो । 

दोलखा भीमेश्वर नगरपालिका–२ चरिकोट घर भई काठमाडौँ पेप्सीखोला बस्दै आएका ५१ वर्षीय लामालाई काठमाडौँबाट दाङ प्रहरीसहित सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्त लामाले करीब ६०/७० जनासँग जनही रु दुई लाख ५० हजारसम्म लिएको खुल्न आएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माका अनुसार सल्यान शारदा नगरपालिका–३ वडाखोलाका २० वर्षीय भीमसेन भण्डारीले प्रहरीमा उजुरी दिएपछि अभियुक्त लामाले गरेको गतिविधि खुल्न आएको छ । 

हतियारसहित पक्राउ 

जिल्ला प्रहरी कार्यालय दाङले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । यूसए लेखिएको अटोमेटिक पेस्तोलसहित घोराही–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी प्रमुख कृष्णहरि शर्माकाअनुसार अभियुक्त चौधरीलाई घोराही बजार क्षेत्रभित्र पर्ने बुद्धि ग्यारेजबाट पक्राउ गरेको हो । “विशेष सूचनाको आधारमा चौधरीलाई बजारभित्रै भेटी रीतपूर्वक शरीर खानतलासी गर्दा पाइन्टको बेल्टमा लुकाइछिपाइ राखेको अटोमेटिक पेस्तोल भेटिएको हो ।” प्रहरी प्रमुख शर्माले भन्नुभयो, “पेस्तोलसँगै एक थान म्याग्जिन र चार राउण्ड गोलीसमेत फेला पारेको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ