पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र रुपमा चलेको छ । असोज ५ र ६ गते कुश्मामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । कार्यक्रमको प्रचारप्रसार, मंच व्यवस्थापन देखि अन्य आवश्यक कुराहरुको व्यवस्थापन भैरहेको पर्वत जेसीजले जनाएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र रुपमा चलेको छ । असोज ५ र ६ गते कुश्मामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । कार्यक्रमको प्रचारप्रसार, मंच व्यवस्थापन देखि अन्य आवश्यक कुराहरुको व्यवस्थापन भैरहेको पर्वत जेसीजले जनाएको छ ।
2026-11-04 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल जेसीजको क्षेत्र(ख) सम्मेलनको तयारी तिब्र, जेसीजमय बन्दै पर्वतको कुश्मा बजार

पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र रुपमा चलेको छ । असोज ५ र ६ गते कुश्मामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । कार्यक्रमको प्रचारप्रसार, मंच व्यवस्थापन देखि अन्य आवश्यक कुराहरुको व्यवस्थापन भैरहेको पर्वत जेसीजले जनाएको छ ।

कार्यक्रमका देशभरका झण्डै ७ सय जेसीज पर्वतमा आउने आयोजकको दाबी रहेको छ । जिल्लाको पर्यटन प्रर्बद्धनको विकासको लागि उक्त सम्मेलन प्रभावकारी हुने आयोजकको दाबी छ ।

आयोजक पर्वत जेसीजले क्षेत्र ख अन्तरगतका झण्डै ३२ शाखाको उक्त कार्यक्रमका सहभागी हुने जनाएको छ । ‘हामीले यो सम्मेलन जिल्लाको पर्यटन विकासको लागि गरेका हौं । पर्यटन प्रर्वद्धन हुनेमा हामी पूर्ण विश्वस्त छौं’ । उक्त कार्यक्रमका संयोजक बशन्त कुमार कर्माचार्यले  सहारापाटीसँग भने ।

आर्थिक संयोजकका रुपमा रहेका विषम कुमार श्रेष्ठले झण्डै ३० लाख ५० खर्च लाग्ने अनुमान गरिएको बताए । उनले सोही बराबरको आय पनि हुने अपेक्षा जेसीजले लिएको बताए । सहभागीहरुको रजिष्ट्रेशनबाट ९ लाख ९० हजार, प्रायोजकबाट १० लाख, नेपाल जेसीजबाट सहयोग १ लाख, स्मारिका विज्ञापनबाट ३ लाख, संघसंस्थाहरुबाट सौजन्य २.५ लाख र आन्तरीक आयबाछ ३.६५ लाख उठ्ने विश्वास लिएको बताए ।

 क्लबले सो सम्मेलनमा प्रकरण गोष्ठी, वक्तृत्वकला प्रतियोगिता, स्थानीय कलाकाहरुबाट विविध सांस्कृतिक कार्यक्रम, जिल्लास्थित पर्यटकीय तथा धार्मिक स्थानको दश्यावलोकन, जिल्लाको पहिचान झल्कने झाँकी सहितको शान्ति पदयात्रा,नेर्ततव तथा व्यक्तित्व विकास तालिमहरु, नेपाल जेसीज क्षेत्र ख का शाखाध्यक्षहरुको साधारण सभा तथा बैठक, जिल्लामा उत्पादित बस्तुहरुको स्टल रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै