पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २, दमौली | </b>प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ । <br></p><p>पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । </p><p>तीनै जनालाई व्याँस नगरपालिका–१२ घाँसीकुवामा लागूऔषध बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट डाइजेपाम १०० थान, नुफिन १०० थान र फेनरागन १०० थान बरामद गरेको छ । </p>

