Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

गुन्द्री बोकेर विद्यालय जान्छन् विद्यार्थी

२०७५, २ आश्विन मंगलवार ०५:५३

असोज २, बर्दिवास | महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । 

कक्षा आठसम्म अध्ययन÷अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट (पाटी) र कापी लिएर पढ्दै गरेका देखिन्छन् । बढी रेखदेख गर्नुपर्ने शिशुदेखि तीन कक्षासम्मका बालबालिकालाई खुलाचौरमा रुख मुनि राखेर पढाउने गरिएको छ । उनीहरुले आफ्ना लागि भुइँमा ओछ्याउन बोरा, गुन्द्री र पिरा घरबाटै ल्याउने गरेका छन् । 

विसं २०३९ मा प्राथमिक विद्यालयका रूपमा स्थापित सो विद्यालयमा २०६९ सालदेखि कक्षा आठसम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा हाल ४९३ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक वंशीधरप्रसाद साहले जानकारी दिनुभयो । “कक्षा कोठा अभावमा तीन कक्षासम्मका झण्डै २०० विद्यार्थीलाई खुलाचौरमा राखेर पढाउँदै आएका छौँ,” उहाँले भन्नुभयो । हाल उपलब्ध भवनमा कार्यालय सञ्चालन र कक्षा चारदेखि आठसम्मका विद्यार्थी मात्रै राख्न सकिने अवस्था छ । 

विद्यालयलाई जिल्ला शिक्षा समन्वय इकाइले दुईकोठे पक्की भवन निर्माणका लागि रु १६ लाख उपलब्ध गराएको छ । नगरपालिकाको शिक्षा शाखा, विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिले तदारुकता नदेखाउँदा भवन निर्माण हुन सकेको छैन । शिशुकक्षाका बालबालिकाले शैक्षिक सामग्रीसमेत पाउन सकेका छैनन् । 

प्रधानाध्यापक साह शैक्षिक सामग्री खरिदका लागि रु १८ हजार प्राप्त भएको बताउनुहुन्छ । “भवन नभएका कारण सामग्री खरिद गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो । “सामग्री राख्न सुरक्षित कोठा चाहिन्छ ।” करीब ५०० विद्यार्थीलाई आठ शिक्षकले पढाउँदै आएका छन् । विद्यालयसँग १७ कट्ठा जग्गा छ । जग्गाधनी पूर्जा भने विद्यालयलाई हालसम्म प्राप्त नभएको प्रधानाध्यापक साहले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ