२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका जेष्ठ नागरिकलाई २२ हजार सहयोग

२ आश्विन २०७५, मंगलवार ०६:४८

चिसाङ शेर्पा | असोज २, खोटाङ | जेष्ठ नागरिक जिल्ला संघ खोटाङलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेपालको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शन गर्न निस्केको संघलाई २२ हजार आर्थिक सहयोग प्राप्त भएको हो ।

गत शुक्रबारदेखी जेष्ठ नागरिक जिल्ला संघबाट धार्मिक भ्रमणमा निस्केका ९५ जना बृद्धाबृद्धालाई थप सहयोग पुग्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेल घर भई रुपन्देहीको सिध्दार्थनगर नगरपालिका–१२ सिध्दार्थनगर भैरहवामा वसोवास गर्दै आएका रोहित प्रसाद गेलाल र गीता गेलालले ११ हजार नगद, चार कार्टुन मिनिरल वाटर र दिक्तेल घर भई सोही स्थानमा वसोवास गर्दै आएका रत्नप्रसाद आचार्यले ११ हजार नगद सहयोग गरेका छन् ।


धार्मिक भ्रमणको क्रममा सोमबार रुपन्देहीको लुम्बिनी भ्रमण गर्न पुगेका बृद्धबृद्धाले लुम्बिनी क्षेत्रभित्र एक कार्यक्रमको आयोजना गरी सहयोगीदातालाई सम्मान गरेका छन् । आफूहरुलाई सहयोग गरिएकोमा खुशी प्रकट गर्दै ज्येष्ठ नागरिक जिल्ला संघका सदस्य तथा सबैभन्दा जेष्ठ पाको उमेरका ८१ वार्षिय पद्म कुमारी भट्टराईले अविर माला लगाई आर्शिवाद दिएका थिए । 

बृद्धबृद्धाहरुले जानकी मन्दिर, देवघाटधाम दर्शन गरेर बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको भ्रमण गरेका छन् । एकजना पत्रकार, एकजना स्वास्थ्यकर्मी र एकजना युवा उद्यमी सहित दश दिने धार्मिक भ्रमणमा निस्केका बृद्धबृद्धाहरुले मंगलबार पोखराको पर्यटकीय स्थल र तीर्थस्थलहरु भ्रमण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य